नेपालगञ्जमा अटोभिलेज स्थापनाको माग

सदरलाइन संवाददाता १२ पुष २०८२, शनिबार १८:२९
 

नेपालगञ्ज : नेपाल अटो मोबाईल तथा मेकानिक संघको पहिलो भेला नेपालगञ्जमा सम्पन्न भएको छ ।

बाँके जिल्ला भरी छरिएर रहेको मेकानिकहरु आफ्नो पेशागत सुरक्षाको लागि आफुहरु एकजुट हुने उदेश्य लिएर भलाको आयोजना गरेको संघका अध्यक्ष महेन्द्र उचै ठकुरीले जानकारी दिए ।


संघको भेलाले नेपालगञ्मा अटो भिलेज स्थापनाको माग गरेको छ । नेपालगञ्ज नगरपालिका भित्र जनसुकै ठाउमा ग्यारेज सञ्चालन गर्दा शहरको सौन्दर्यकरणमा असर पर्ने, सडक दुर्घटनाको जोखिम पनि त्यतिकै हुने हुँदा अटो भिलेजको माग गरीएको अध्यक्ष ठकुरीले बताए ।

भेलामा संघमा आबद्ध भएका २१ जना व्यक्ति तथा ग्यारेजलाई आबद्धताको प्रमाणपत्र वितरण गरीएको थियो । बाँकेमा करिब २ सयको हाराहारीमा ग्यारेज तथा वर्कसफ रहेको र यीनमा करिब १ हजार मेकानिक हरु कार्यरत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो छल्न बाँकेमा दाउरा वितरण

१२ पुष २०८२, शनिबार १८:२९
नेपालगञ्ज : चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले १५ हजार क्यूफिट दाउरा वितरण गरेको छ । जिल्लाका स्थानीय तहले तोकिएको राजस्वको २५ प्रतिशत शुल्क बुझाएर डिभिजन वन कार्यालयबाट अहिलेसम्म १५ हजार क्यूफिट दाउरा लिएको वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए । उनले अहिलेसम्म नेपालगञ्ज उप–महानगरपालिकाका केही […]