महानगरको जिम्मेवारी छोड्दै बालेन

सदरलाइन संवाददाता १३ पुष २०८२, आईतवार १२:३७
 

नेपालगञ्ज : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् ।

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।


काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार हुने भएपछि उनले २ हप्ताभित्र राजीनामा दिने तयारी गरेका हुन् ।

‘केही कामहरू बाँकी छन् । दुई हप्ताभित्र सकिएला कि भन्ने छ । अब त्यो विषयमा त्यहाँको प्राविधिक विषयहरू र राजनीतिक रूपमा पनि हेरेर एउटा उचित समयमा हुन्छ । त्यो भनेको दुई हप्ता जस्तो नै हो ।’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस

१३ पुष २०८२, आईतवार १२:३७
FILE PHOTO नेपालगञ्ज :  आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेश गरिएको विवरणअनुसार एमाले बाँकेले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फ विभिन्न क्लस्टरबाट उम्मेदवार सिफारिस गरेको हो । राष्ट्रिय सभातर्फ खस–आर्य […]