तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी

सदरलाइन संवाददाता १८ मंसिर २०८२, बिहीबार १९:१७
 

कोहलपुर :  बुधबारदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता–२०८२ जारी छ । प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा प्रतिष्पर्धा भइरहेको छ ।

कोहलपुर–११ स्थित न्युरोडको खुल्ला खेल मैदानमा भइरहेको प्रतियोगितामा बिहीबारसम्म आधारभूत तहको आठ मीटर दौड प्रतियोगिता सम्पन्न भएको आयोजक प्याब्सन कोहलपुरले जनाएको छ । आधारभूत तह ‐१–८) सम्मको ८ सय मीटर दौडमा छात्रतर्फ ग्रीनपिस स्कूलले प्रथम स्थान हासिल गरेको छ ।

उक्त विधामा निम्बल एकेडेमी द्धितीय र बागेश्वरी एकेडेमीले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ कोहलपुर पाठशालाले प्रथम स्थान हासिल गरेको छ । निम्बल एकेडेमी द्धितीय र गुरुकूल शिक्षा सदनले तृतीय स्थान हासिल गरेका छन् ।

यस्तै माध्यमिक तह ‐९–१२) को ८ सय मीटर दौडमा छात्रतर्फ डायनामिक मावि प्रथम,सेन्चुरी एजुकेशन एकेडेमी द्धितीय र बालविद्या मावि तृतीय भएका छन् । छात्रातर्फ ग्रीनपिस स्कूल प्रथम,जीवन ज्योति स्कूल द्धितीय र एभरेष्ट सैनिक स्कूलले तृतीय स्थान हासिल गरेका छन् ।


भोली फाइनल हुने खेलहरु

तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिताका सचिवालय संयोजक कुमार रावतका अनुसार मंसिर १९ गते माध्यमिक तह र आधारभूत तहको छात्र÷छात्रातर्फ एक सय मीटरको फाइनल खेल प्रतिष्पर्धा हुनेछ ।

यसैगरी आधारभूत तहको छात्र÷छात्रातर्फ ४ सय मीटर फाइनल खेल हुनेछ । माध्यमिक तह छात्र÷छात्रातर्फ १५ सय मीटर दौड र ‐चार इन्टु सय) रिले दौडको फाइनल, पूर्व प्राथमिक तहतर्फ चम्चा र कुर्सी दौडको फाइलन खेल हुने संयोजक रावतले बताए ।

माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाउनेछन् । यस्तै आधारभूत तह ‐१–८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह ‐नर्सरी–३) तर्फ १२० जनागरी कूल ९६० जनाले सहभागिता जनाएका छन् । प्रतियोगितामा कूल १ हजार ८ सय ३८ जनाको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर २० गते सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति :  मुख्यमन्त्री आचार्य

१८ मंसिर २०८२, बिहीबार १९:१७
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले सिंगो कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन । सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिएका हाल गढवा गाउँपालिका–६ हाँसिपुर निवासी ८१ वर्षीय ढुंगानाको काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले उनले […]