लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सदरलाइन संवाददाता २७ मंसिर २०८२, शनिबार १८:२८
 

नेपालगञ्ज : दाेश्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार भएको फाइनलमा सुदुर पश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको छ।

कीर्तिपुरस्थित टियु क्रीकेट मैदानमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले ९ ओभरमा ८६ रनको लक्ष्य भेटाएको हो।


लुम्बिनीलाई उपाधि जिताउन दिनेश अधिकारी र डी’अर्सी जोन सर्टले ४ ओभर १ बलमा ५८ रनको साझेदारी गरे। लुम्बिनीको लागि दिनेशले सर्वाधिक ४२ रनको योगदान गरे। उनले १३ बलमा ५ छक्का र १ चौकाको मदतमा उक्त रन जोडेका हुन्। त्यस्तै, कप्तान रोहित मल्ल १६, डी’अर्सीले १४, निरोशन डिकवेल्ला ११ र दिलीप नाथले आजीवित १ रन बनाए।

सुदुरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले महाधिवेशनको बन्दसत्र सुरु

२७ मंसिर २०८२, शनिबार १८:२८
नेपालगञ्ज : नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आईतबार दिउँसो ३ बजेदेखि सुरु भएको छ । केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्दसत्रको समय पटक–पटक सरेको थियो । सुरुमा १२ बजे तय गरिएको बन्द सत्र १ बजे हुँदै अन्ततः दिउँसो ३ बजेका लागि सारिएको थियो । एमाले प्रचार तथा प्रकाशन विभाग […]