दाङको एक होटलमा पड्कियो पेस्तोल

सदरलाइन संवाददाता २७ मंसिर २०८२, शनिबार १५:४५
 

नेपालगञ्ज : दाङको लमही नगरपालिका- ५ रातो डाँडास्थित रोयल प्यालेस होटलमा पेस्तोल पड्किएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार होटलको कोठामा कर्मचारीले सफा गर्ने क्रममा पेस्तोल एक्कासि पड्किएको हो।


कर्मचारीको हातमा चोट लागेको उनले बताए। उपचारपश्चात कर्मचारी डिस्चार्ज भइसकेको उनले बताए।

‘हतियार कसले, के प्रयोजनको लागि राखेको हो अनुसन्धान हुँदैछ,’ उनले भने, ‘हामीले  कटुवा पेस्तोल बरामद गरेका छौं।’

घटना शनिबार बिहान ११:३० बजे भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

२७ मंसिर २०८२, शनिबार १५:४५
नेपालगञ्ज : दाेश्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार भएको फाइनलमा सुदुर पश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको छ। कीर्तिपुरस्थित टियु क्रीकेट मैदानमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले ९ ओभरमा ८६ रनको लक्ष्य भेटाएको हो। लुम्बिनीलाई उपाधि जिताउन दिनेश अधिकारी र डी’अर्सी जोन सर्टले ४ ओभर […]