ट्रम्पले प्यानोरामा एडिटमा बीबीसीविरूद्ध मुद्दा हाल्ने

एजेन्सी २९ कार्तिक २०८२, शनिबार १७:४२
 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीले प्यानोरामा एडिट मामिलामा माफी मागेपछि पनि कानुनी प्रक्रियामा जाने भएका छन् ।

शुक्रबार बेलुका पत्रकारहरूसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गरिने बताएका छन् । यस विषयमा हप्तान्तमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग कुरा गर्ने ट्रम्पको तयारी छ ।


शुक्रबार बीबीसीले बयान जारी गर्दै ६ जनवरी २०२१ को भाषण सम्पादन (एडिट) बाट ट्रम्पले हिंस्रक कारबाहीका लागि अपिल गरेको गलत धारणा बनेको प्रतिक्रिया दिएका थियो । बीबीसीले माफी माग्दै संस्थाले कुनै पनि वित्तीय मुआब्जा नदिने पनि प्रष्टीकरण दिएका थियो ।

यसै साताको सुरूवातमा ट्रम्पका वकिलहरूले बीबीसीलेमाफी मागेर मुआब्जा नदिए एक अर्ब डलर बराबरको क्षतिपूर्तिका लागि मुद्दा दायर गर्ने चेतावनी दिएका थिए । त्यसपछि गत साता बीबीसीका डाइरेक्टर जनरल टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिनुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकार रक्षकका समस्याबारे नेपालगञ्जमा छलफल

२९ कार्तिक २०८२, शनिबार १७:४२
  नेपालगञ्ज :मानव अधिकार रक्षकका समस्याबारे छलफल गरिएको छ । आईतवार नेपालगञ्जमा आयोजित मानव अधिकार रक्षक सञ्जालका सदस्यहरुको क्षमता अभिवृद्वी कार्यक्रममा मानव अधिकार रक्षकका समस्याबारे छलफल गरिएको हो । मानव अधिकार रक्षकहरुले भोग्नुपर्ने समस्याका बारेमा छलफल गर्दै यस अवसरमा सहभागिले समुदायको मुद्दा उठाउदाखेरी प्रहरी प्रशासनले आवश्यक सहयोग नगरेको गुनासो गरेका […]