शान्ति पुनर्स्थापना गृहद्वारा एक वर्षमा ३ सय ९५ जनाको उद्धार

सदरलाइन संवाददाता २४ कार्तिक २०८२, सोमबार १७:३३
 

नेपालगञ्ज : मानव बेचबिखन विरुद्ध सक्रिय संस्था शान्ति पुनस्र्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१-८२ मा ४० जिल्लाका ३९५ जनाको उद्धार गरेको छ ।

सोमबार नेपालगञ्जमा आयोजित संस्थाको वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो । गृहले सोही अवधिमा ९ हजार ३७९ जनालाई सीमा क्षेत्रमा सूचना तथा परामर्श दिएको र ४ जना भारतीय नागरिकको समेत उद्धार गरेको तथ्याङ्क प्रस्तुत गरेको थियो ।

‘हाम्रो आह्वान मानव बेचबिखन विरुद्धको अभियान’ नाराका साथ सञ्चालित संस्थाले लेखा परिक्षणमार्फत आफ्ना गतिविधिहरूको कार्यसम्पादन, पारदर्शिता र जवाफदेहिता माथि छलफल गरेको हो । कार्यक्रममा गत वर्ष हासिल उपलब्धि, चुनौती र आगामी वर्षका योजनाबारे प्रस्तुतीकरण गरिएको थियो ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीले मानव बेचबिखन नियन्त्रणमा संस्थाको प्रयास प्रशंसनिय रहेको बताए । उनले भने,–‘सीमा क्षेत्रमा यस संस्थाको उपस्थिति र सक्रियताले धेरै चेलीबेटीहरू जोखिमबाट जोगिएका छन् । यद्यपी अँझ धेरै सचेतनाको काम गर्न बाँकी छ ।’

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका कार्यकारी प्रमुख द्वारिका अधिकारीले संस्थासँगको सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष शान्ता सापकोटाले सरोकारवाला निकायहरूको निरन्तर सहयोगले गर्दा नै जटिल परिस्थितिमा पनि उद्धार र पुनस्र्थापना सम्भव भएको बताईन् । कार्यक्रममा संस्थाका अन्य पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झाँक्री र किसानसहितका नेता कार्यकर्ता एमाले फर्के : पार्टी अध्यक्ष ओलीद्वारा स्वागत

२४ कार्तिक २०८२, सोमबार १७:३३
काठमाडौ : एमाले आव्हान गरेको ‘घर फर्क अभियान’ अन्तरगत पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई नेकपा (एमाले) ले पुनः पार्टीमा स्वागत गरेको छ । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन । राष्ट्रिय सभा गृहमा आज आयोजित विशेष समारोहबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्केनका नेतृ […]