शारदा नगरपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाई

सदरलाइन संवाददाता १ मंसिर २०८२, सोमबार १९:२०
 

नेपालगञ्ज :  पाँच बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै शारदा नगरपालिका सल्यानले आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेकोे छ ।

बास नेपालको सहजिकरणमा सम्पन्न सुनुवाईमा सरोकारवाला र सहभागि आम नगरबासिहरुको बिचमा भएको दोहोरो सम्बाद पश्चात उक्त साझा प्रतिबद्धता घोषणा गरिएको हो ।

सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा त्रिभुवन जनता माबिमा गणित बिषयको शिक्षक नभएका कारण पठन पाठनमा समस्या भइरहेकाले यथासक्य शिक्षक दरबन्दी पदपूर्ती गर्ने, साहुटोलदेखि वरला जाने बाटो निर्माणबारे जनगुनासो आएकाले उक्त बाटो चालु आर्थिक बर्षमा कालोपत्रे गर्ने, नगरपालिकाको पटनेरीमा स्वर्गीय शुरदास गन्दर्भको सम्झनामा शुरदास प्रतिक्षालय निर्माण गर्ने, नगरभित्रका वाटोहरुको प्राथमिकता अनुसार स्तरोन्नती गर्ने र नगरपालिका भित्र फोहोर ब्यवस्थापनका लागि आम नागरिक र सबै सरोकारवालाहरु सजग रहने प्रतिबद्धता गरिएको हो ।


सुनुवाईको शुरुवातमा शारदा नगरपालिकाले पहिलो चौमासिकमा गरेका क्रियाकलाप तथा महत्वपूर्ण उपलब्धीको बारेमा शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी गराएका थिए भने सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख तथा सुनुवाईका प्रमुख जवाफदेहि बक्ता प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकिय अधिकृत देवकोटा, वडा अध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए ।

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतीजा घोषणा बास नेपालका जन सम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । शारदा नगरपालिकाले पालिकाको नियमित सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको सुनिश्चिता बारे सरोकारवालासंग अन्तरक्रिया

१ मंसिर २०८२, सोमबार १९:२०
नेपालगञ्ज :  नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको सुनिश्चित गर्ने उद्देश्यले सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । सघको आयोजनामा मंगलबार अपांगतामैत्री यौन तथा प्रजनन स्वास्थ्यसेवा सम्बन्धी सो अभिमुखिकरणमा संचारकर्मी, अपांगता अधिकारकर्मी र मानव अधिकारकर्मीलाई सहभागी रहेका थिए । कार्यक्रममा परिवार […]

सम्बन्धित