लुम्बिनी प्रदेशस्तरीय बुद्धिचालमा एभरेस्ट स्कुल प्रथम

सदरलाइन संवाददाता १४ मंसिर २०८२, आईतवार १४:०३
 

नेपालगञ्ज : लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेस्ट इङ्गलिस बोर्डिङ स्कुल बुटवल प्रथम भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार लुम्बिनीमा भएको विद्यालय तथा कलेजस्तरीय प्रतियोगितामा एभरेस्ट स्कुलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् । प्रतियोगितामा काशी नोबेल एकेडेमी भैरहवाका रिशान थापामगर द्वितीय र शान्ति नमूना मावि मणिग्रामका सुशान्त अर्याल तृतीय भएका छन् भने काशी नोबेल एकेडेमीका रोनिश केसी चौथो भएका छन् ।


प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायका डिन डा माणिकरत्न शाक्यले विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले समालोचनात्मक र विश्लेषणात्मक क्षमता वृद्धि हुने भएकाले विद्यार्थीका लागि बुद्धिचाल खेल आवश्यक भएको बताए ।

प्रतियोगिताका विजेतालाई लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक सञ्जय शाक्यले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न ३५ विद्यालयले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको कोहलपुरमा एकीकृत डाटा सेन्टर निर्माणकाे अन्तिम चरणमा

१४ मंसिर २०८२, आईतवार १४:०३
नेपालगञ्ज : बाँकेको कोहलपुर–११ स्थित लोकनगरमा एकीकृत डाटा सेन्टर निर्माणकाे अन्तिम चरणमा रहेकाे पुगेकाे छ । डिजिटल संसारको मेरुदण्ड मानिने डाटा सेन्टरलाई अहिले अन्तिम रूप दिने काम भईरहेका निर्माण कम्पनीका पोजेक्ट म्यानेजर कार्तिक झाले जानकारी दिए । निर्माण कम्पनीका पोजेक्ट म्यानेजर झाका अनुसार एकीकृत डाटा सेन्टर निर्माणको ९६ प्रतिशत काम […]