नार्कका ७ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन

सदरलाइन संवाददाता १४ मंसिर २०८२, आईतवार १३:४६
 

नेपालगञ्ज : नेपाल कृषि अनुसन्धान परिषदका ११ कर्मचारी सम्पर्कविहीन भएका छन्। अध्ययन बिदामा बसेका ७ जना वैज्ञानिक सहित ११ कर्मचारी बिदा सकिएपश्चात हाजिर हुन आउनुपर्नेमा सम्पर्कविहीन रहेको नार्कले सूचना जारी गरी जानकारी दिएको छ।

वैज्ञानिकहरू अच्युत मिश्र २०७४ भदौदेखि, नवीनकुमार दंगाल २०७६ भदौदेखि, होमन रेग्मी २०७३ माघदेखि, देवराज चालिसे २०७३ चैतदेखि, प्रतिष्ठा अधिकारी २०७४ मंसिरदेखि, दिनेशबाबु थापा मगर २०७५ साउनदेखि र संजिव गौतम २०७५ भदौदेखि सम्पर्कविहीन छन्।


त्यस्तै अन्य कर्मचारीहरू सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि विभिन्न मितिदेखि बिदामा रही सम्पर्कविहीन रहेको नार्कले जनाएको छ। उनीहरु अध्ययन बिदा स्वीकृत गराई कबुलियतनामा गरी अध्ययनमा गएको तर बिदापश्चात हाजिर हुन आउनुपर्नेमा आ-आफ्नो पदबाट राजीनामा पेस गरेको नार्कले जनाएको छ।

नार्कले उनीहरूलाई कर्मचारी प्रशासन विनियम २०४९ को विनियम ४० (२)को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने भनेर स्पष्टीकरण सोधेको छ। नार्कले सेवाबाट नहटाउनुपर्ने कुनै कारण र प्रमाण भए सात दिनभित्र आफै उपस्थित भई स्पष्टीकरण बुझाउन ती कर्मचारीहरूलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशस्तरीय बुद्धिचालमा एभरेस्ट स्कुल प्रथम

१४ मंसिर २०८२, आईतवार १३:४६
नेपालगञ्ज : लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेस्ट इङ्गलिस बोर्डिङ स्कुल बुटवल प्रथम भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार लुम्बिनीमा भएको विद्यालय तथा कलेजस्तरीय प्रतियोगितामा एभरेस्ट स्कुलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् । प्रतियोगितामा काशी नोबेल एकेडेमी भैरहवाका […]

सम्बन्धित