पाकिस्तानका सेना प्रमुखलाई कानूनी उन्मुक्ति

एजेन्सी २७ कार्तिक २०८२, बिहीबार १८:१४
 

      पाकिस्तानको संसदले संविधान संशोधन गरेर सेना प्रमुख फिल्ड मार्शल असीम मुनिरलाई जीवनभर कानूनी उन्मुक्ति प्रदान गरेको छ। संशोधन अनुसार मुनिर र अन्य पाँच-तारे जर्नेलहरूले जीवनभर कानूनी उन्मुक्ति पाउने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। उनीहरू अवकाश पाए पनि ओहोदा पनि रहिरहनेछ। मुनिरको अहिलेको कार्यकाल २०२७ मा सकिँदैछ। त्यसपछि पाँच वर्षका लागि कार्यकाल थपिन सक्नेछ।

त्यस्तै विगतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप खेपेका पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पनि जीवनभर अभियोगबाट उन्मुक्ति पाउनेछन्।


संशोधन माथि छलफलका क्रममा हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले नेतृत्व गरेको विपक्षी दल पाकिस्तान तेहरीक-ए-इन्साफका (पीटीआई) सांसदले संशोधनका प्रतिहरू च्यातेका थिए। तर पनि तल्लो सदनले दुई तिहाई बहुमतका साथ संशोधन पारित गरेको छ। सो संशोधनले मुनिरको सेनामाथिको नियन्त्रण थप विस्तार गरेको छ। अर्कोतर्फ सर्वोच्च अदालतको संवैधानिक मामिलाहरू माथिको प्रभावबाट भने कम गरेको छ।

सेना प्रमुखको रूपमा मुनिर अहिले नै पाकिस्तानका सबैभन्दा शक्तिशाली व्यक्तित्व हुन्। तर नयाँ संशोधनले उनलाई रक्षा बल प्रमुखको उपाधि पनि प्रदान गरेको छ। यसले उनलाई वायुसेना र नौसेनाको पनि औपचारिक कमान्ड सुम्पेको छ।

यसपछि मुनिरको पाकिस्तानी सेनामा विगतमा खुल्लम-खुल्ला शासन गरेका तानाशाहहरूकै जति प्रभाव हुने विश्लेषकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवनियुक्त प्रहरी महानिरीक्षक कार्की भन्छन : प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्नेछु

२७ कार्तिक २०८२, बिहीबार १८:१४
काठमाडौ : नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि संक्षिप्त मन्तव्य राख्दै सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने प्रतिबद्धता जनाएका हुन । […]