गौघाट ग्रीन रनमा युवकराज र दीपशीखा च्याम्पियन

सदरलाइन संवाददाता २८ आश्विन २०८२, मंगलवार १४:५८
 

नेपालगञ्ज : जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जितेका छन् ।

एघार बर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत बर्षदेखि सुरु भएको गौघाट ग्रीन रन कर्णालीको जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशीखा च्याम्पियन बनेका हुन् ।

खजुरा पालिकाको सितापुरमा भएको पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार याद दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भए । खुला छात्रा २.५ किमीमा कोहलपुरकी दीपशीखा प्रथम हुँदा, कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार तृतीय भए ।


खजुरापालिका स्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमरमाविका युसुफ विक तृतीय भए । त्यसैगरी छात्रा २.५ किमीमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविका विनिता पुलामी तेस्रो भए । विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरन गौतम, मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, वडाअध्यक्ष धनराम ओली, वल्र्ड क्लास धावक केन्याका जोन केलाईले नगद तथा पदक वितरण गरे ।

कार्यक्रममा खजुरा पालिका अध्यक्ष डम्बर विकले जागरण फैलाउने उद्देश्यले आयोजित ग्रीन रनले ठुला सेलिब्रिटीमार्फत सन्देश फैलाउन सफल भएकोमा पालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाए । त्यस्तै लुम्बिनी प्रदेशका सदस्यसचिव गौतमले समेत पृथक अवधारणाको दौडले समाजलाई शान्ति, एकता र सदभावको मालामा जोड्ने बताए ।

विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट प्रमाणीकरण रुट भएको धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

२८ आश्विन २०८२, मंगलवार १४:५८
नेपालगञ्ज : पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या […]