उद्घाटन खेलमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन र छियानाले जिते दुई–दुई गोल्ड

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनसीप

सदरलाइन संवाददाता १४ कार्तिक २०८२, शुक्रबार १४:२६
 

 

नेपालगञ्ज :  शुक्रबारदेखि नेपालगञ्जमा सुरु भएको नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप प्रतियोगिता–२०२५ को उद्घाटन खेलमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल र छियाना महर्जनले दुई–दुई गोल्ड जित्न सफल भएका छन् ।

पहिलो उद्घाटन खेलमा ५० मिटर अन्डर ८ ब्याक स्टोक इभेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ दोेस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्र्र्रो भए ।

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ ब्वाइजमा सगरमाथा क्लबका राजविनले बाजि मार्दै प्रथम भए उनले योसंगै दोस्रो गोल्डमेडल पनि हात पारे, शिखा एकेडेमी कोहलपुरका दिप्सन पुनमगर दोस्रो र आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ तेस्र्रो भएका छन् ।


त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ गल्समा सगरमाथा क्लबका छियाना  प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मी तेस्रोे स्थान हासिल गरेका छन् ।

२५ मिटर ब्याकस्ट्रोक अण्डर ८ गल्समा सगरमाथा क्लबकै छियाना महर्जनले बाजी मार्दै प्रथम, आदर्र्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । अन्य उमेर समूहको खेल जारी छ । साथै खेल भोली शनिबार समापन हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घर–घरमा रोपिएको तुलसीको दामोदरसँग विवाह गरेर मनाइँदै

१४ कार्तिक २०८२, शुक्रबार १४:२६
नेपालगञ्ज  :  वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेर मनाईदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा […]