नेपालगञ्जमा धनतेरसको लागि किनमेल गर्नेको भिड

सदरलाइन संवाददाता १ कार्तिक २०८२, शनिबार १३:५७
 

नेपालगञ्ज : नेपालगञ्जमा तिहरको अवसरमा किनमेलका लागि तिहार बजार सञ्चालनमा ल्याईएको छ । नेपालगञ्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको बाटोमा तिहार बजारको रुपमा पसलहरु सञ्चालनमा ल्याईएको हो ।

हिन्दू समुदायको दोस्रो ठूलो पर्व तिहार अर्थात आज यमपञ्चकको पहिलो दिन धनतेरस भनिने र धनतेरसका दिनमा घरभित्र कुचो, धनिया, भाँडाकुँडा, सुन, चाँदी लगायतका वस्तुहरु खरिद गर्दा लक्ष्मीको बास घरमा हुने र सधै धनकी देवी लक्ष्मीको आफूमाथि कृपा रहने विश्वास अनुसार यी सामानहरु खरिद गर्ने चलन रहेको छ ।


लक्ष्मीपूजाको दिनमा दिपावली गर्दा आज यमपञ्चक पहिलो दिन अर्थात धनतेरसको दिनमा खरिद गरेको सरसामानमा राखेर पूजा गर्ने चलन रहेको छ । सोही चलन अनुसार आज नेपालगञ्जमा सञ्चालनमा ल्याईएको तिहार बजारमा कुचो, धनियाँ भाँडाकुँडा तथा सूनचाँदी खरिद गर्नेको घुईचो लागेको छ ।

तिहारको अवसरमा पसलहरु पनि बाटो मिचेरै सञ्चालनमा ल्याईएको छ । नेपालगञ्जमा रहेका भाँडा पसलहरुमा धनतेरसका लागि भाँडाकुँडा खरिद गर्नेको भिड लाग्ने गरेको धम्बोझीचोकमा रहेको नेपाल स्टोरका सञ्चालक जाकिर हल्वाईले जानकारी दिए । उनले दिपावली पूजाको लागि आवश्यक पर्ने सबै प्रकारका भाँडाको भेराईटी आफुकहाँ हुने भएकोले पनि भिड रहने गरेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहार सुरु : आज कागतिहार

१ कार्तिक २०८२, शनिबार १३:५७
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज (कात्तिक २) बिहान यमराजको दूतका रूपमा कागलाई मिठोमिठो चिजबिज खान दिएर मनाइँदै छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन कागतिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी […]

सम्बन्धित