बर्तमान सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौ : एमाले अध्यक्ष ओली

सदरलाइन संवाददाता ११ आश्विन २०८२, शनिबार १६:३७
 

काठमाडौ :  नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारलाई देश जिम्मा लगाएर आफुहरु विदेश नभाग्ने बताएका छन् । भक्तपुरमा आयोजित एक सार्वजनिका कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफुहरु वर्तमान सरकारलाई देश जिम्मा लगाएर विदेश नाजाने स्पष्ट पारेका हुन ।


‘सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु । के ठानेको छ । यो हा हु को सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौँ ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ । देशालाई फेरी पनि सुशासनमा ल्याउछौँ’ ओलीले भने ।

उनले आफुले गरेका हरेक विषयहरु जनताको विचमा ल्याउने हिम्मत वर्तमान सरकारले गर्नुपर्ने धारणा समेत राखेका थिए । ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्’– एमाले अध्यक्ष तथाच पूर्व प्रधानमन्त्री ओलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धारा नेपालगञ्ज म्याराथनको दर्ता खुल्यो

११ आश्विन २०८२, शनिबार १६:३७
नेपालगञ्ज :  नेपालगञ्जमा आउदो मंसिर ६ गते शनिवार आयोजना गरिने धारा नेपालगञ्ज म्याराथनको ११औं संस्करणका लागि आइतवारदेखि दर्ता खुल्ला गरिएको छ । असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । यसबर्ष म्याराथन ४२.१९५ किमी पुरुष खुल्ला, हामफ म्याराथन २१.०९७ किमी पुरुष […]