विद्यमान परिस्थितिका कारण ‘नाइट रन’ स्थगित, चाँडै अर्को मिति घोषणा हुने

सदरलाइन संवाददाता २९ भाद्र २०८२, आईतवार १८:४२
 

नेपालगञ्ज :  यही असोज ३ गते आयोजना गर्ने गरी तय गरिएको नेपालगञ्ज १० नाइट रन विद्यमान परिस्थितिका कारण हाल स्थगित गरिएको छ ।

देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पुर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो । ‘शुभेच्छुकहरुबाट हामीले दौड तोकिएकै मितिमा गर्नुपर्ने र स्थगित गर्नुपर्ने बराबरी सुझाव पाएका थियौँ’–एम्सका नेपाल प्रतिनिधि तथा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने–‘तर, युवाहरुको ऐतिहासिक आन्दोलन तथा बलिदान र लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानविय क्षतिले मुलुक शोकमग्न रहेकोबेला तत्कालै दौंड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा हामी पुगेका छौं ।’

यसले धावक तथा दौडप्रति रुचि भएका तमाम व्यक्तिहरुप्रति पर्न गएको असुविधाप्रति आयोजक क्षमायाचना गर्दछ । ‘सयौँ व्यवसायिक धावकहरुले अनलाईन फर्म भर्नुभएको छ, धेरै ठाउँबाट आयोजनासम्बन्धि जिज्ञासा आइरहेको छ । यस्तो बेला स्थगित गर्नुपर्दा हामी दुःखी छौं ।’ नेपालगन्ज १० नाइट रनका संस्थापक टीएस ठकुरीले भने–‘तर यो यसवर्षकै लागि रोकिएको होइन् । उपयुक्त मितिमा नाइट रन निरन्तरता दिनेछौं ।’


एम्सको पुर्णकालीन सदस्यताको मान्यतासँगै यसबर्षदेखि नेपालगन्ज १० नाइट रनको विजेतालाई थाइल्याण्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो । यसले खेलाडीलाई बेग्लै उत्साह र उर्जा थपेको थियो ।

नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने नेपालगञ्ज म्याराथनको तयारीमा जुटिसकेको छ । साथै स्थानीय तहमा सरसफाइ एवं अन्य काममा पनि धारा नेपालगन्ज म्याराथनको टिम परिचालन हुनेछ ।

देशमा दश बर्षे सशस्त्र द्वन्द्व अन्त्य भएर नयाँ संविधान घोषण गर्ने तयारी रहेकै बेला २०७२ सालमा पुनः मधेस आन्दोलनका नाममा साम्प्रदायिक दंगाको झल्कोसँगै समाज विभाजित हुने अवस्था आएपछि समुदायलाई एकत्रित बनाउने उद्देश्यले नेपालगन्ज म्याराथन २०७२ मंसिर ५ गते सुरु गरिएको थियो ।

हरेक जात, धर्म, सम्प्रदाय तथा विभिन्न पेशा, व्यवसाय र उमेर समुहलाई एकैपटक एकै थलोमा एउटै भुमिकामा दौडमार्फत ल्याउन सक्ने एकमात्र इभेन्ट सडक दौड भएकाले नै म्याराथन आयोजनाको परिकल्पना गरिएको थियो ।

कुनैपनि बर्ष नरोकिई ११ बर्षदेखि निरन्तर चलेको धारा नेपालगन्ज म्याराथन सम्भवतः नेपालको शीर्ष इभेन्ट हो । एम्सको दुई इभेन्ट पुर्णकालीनसदस्य बन्ने नेपालगन्ज सम्भवतः नेपालको एकमात्र सहर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्दोलनको खरानी टकटक्याउदै लयमा फर्कदै नेपालगञ्ज

२९ भाद्र २०८२, आईतवार १८:४२
नेपालगञ्ज : जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरालगायतको जनजीवन क्रमशः सामान्य हुदै लयमा फर्कन थालेको छ । आन्दोलनका कारण जलाइएका कार्यालयहरु खरनाी टकटक्याउदै लयमा फर्कन थालेका हुन । जिल्ला प्रशासन कार्यालय बाँकेले राती १० बजेदेखि बिहान ६ बेजेसम्म जिल्लाभरी निषेधाज्ञा जारी राखे पनि अवस्था क्रमिक रुपले सामान्य […]