मुख्यमन्त्री आचार्यद्वारा बाँकेका आन्दोलन प्रभावित कार्यालयहरुको अनुगमन

सदरलाइन संवाददाता ७ आश्विन २०८२, मंगलवार १८:००
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेमा जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमन गरेका छन् ।

मंगलबार उनले बाँकेका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गरेर आन्दोलनको कारण भएको क्षतिको बारे जानकारी लिएका हुन । यसअघि अर्घाखाँची, प्यूठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरुको पनि अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा बाँकेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले भने–‘अत्यावश्यक सेवा नरोकिने बताउदै कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं ।’

उनले जेनजी आन्दोलनको नाममा भएको घुसपैठले बाँकेका सरकारी संरचना ध्वस्त पार्ने काम भएको कुरामा जोड दिदै भने–‘जनतालाई दैनिक आवश्यक पर्ने कागजात र लगतहरू जलाउने काम भएको छ । यसरी सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्य अत्यन्त खेदजनक छ । यसले भोलि लाभग्राही जनतालाई नै समस्या सिर्जना गर्ने देखिन्छ ।’


जेन्जी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिए ।

उनले मंगलबार बिहान कोहलपुर नगरपालिका, आन्तरिक राजश्व कार्यालय कोहलपुर, कोहलपुर नगर प्रमुख पूर्ण आचार्यको निजि निवास, नेपालगञ्ज उपमहानगर, आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके, यातायात व्यवस्था कार्यालय नेपालगञ्ज, उच्च अदालत तुलसिपुर नेपालगञ्ज इजालसलगायतका सरकारी कार्यालय र एमाले बाँके, नेपाली काँग्रेस बाँकेको अनुगमन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत रहेको मुख्यमन्त्री आचार्यको भनाई

७ आश्विन २०८२, मंगलवार १८:००
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताएका छन् । नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्रनं. ३ को पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आन्दोलनबाट प्रभावित सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको […]

सम्बन्धित