राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा

सदरलाइन संवाददाता २४ भाद्र २०८२, मंगलवार १६:०९
 

काठमाडौं : जेनजी अन्दोलनकारीले राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत नियन्त्रणमा लिएका छन् ।

उनीहरुको समुहबाट तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गर्दै आगजनी गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन् ।


अहिले संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा छ । त्यहाँका सबै भौतिक संरचनाहरू तोडफोड भएका छन् । प्रदर्शनकारीले त्यहाँ आगजनी पनि गरेका छन् ।

सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नौबस्ता बालसुधारगृहमा झडप हुँदा ५ को मृत्यु, २ घाइते

२४ भाद्र २०८२, मंगलवार १६:०९
नेपालगञ्ज : बाँकेको नौबस्तामा रहेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिव २ बजेतिर भएको सो घटनामा पाँच जनाको मृत्यु र २ जना घाइते भएका सुरक्षा निकट स्रोतले जनाएको छ । सो घटनापछि बाल सुधारबाट त्यहाँ रहेका बालविज्याईकर्ताहरु केही संख्यामा फरार भएको बताइएको छ […]