ब्राउन सुगरसहित भारतीय नागरिकलाई गोली प्रहार गरी नियन्त्रणमा लिन सफल

सदरलाइन संवाददाता ३० श्रावण २०८२, शुक्रबार १६:३८
 

नेपालगञ्ज :  बाँके प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा शुक्रबार दिउसो एक राउण्ड गोली चलाएको छ ।

विशेष सूचनाका आधारमा लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिगएको टोलीले नेपालगञ्ज–४ बसपार्क नजिकै भारतीय नागरिकलाई प्रतिवन्धित लागुऔषध ब्राउनसुगरसहित गोली हानी नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे १२ बजेतिर संयुक्त टोलीले नेपालगञ्ज–४ बसपार्क पूर्वतिर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारीहरुले प्रहरी माथी आक्रमणको प्रयास गरेपछि एकराउण्ड गोली प्रहार गरी भारत बहराईचका २० वर्षिय कार्तिक कुमार र अजय कुमारलाई १ सय ११ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिन सफल भएको हो ।


प्रहरीले चलाएको गोली कार्तिक कुमारको दाहिने खुट्टाको पिडुलामा लागेको र घाइते कार्तिकको नेपालगञ्ज नर्सिङ्गहोम ( संजिवनी अस्पताल नेपालगञ्ज) मा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले नेपालगञ्ज–४ बसपार्कबाटै ५४ ग्राम ब्राउनसुगर सहित नेपालगञ्ज–५ का २५ वर्षिय फैजान अन्सारी र २२ वर्षिय असफाक शाहलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव उपरिक्षक पातलिले जानकारी दिए ।

बाँके प्रहरीले सोही टोलीले बिहीबार साँझ नेपालगञ्जको एकलैनी बजार नजिकैबाट दाङ्ग तुलसिपुर–६ का २८ वर्षिय बीरबहादुर बिकलाई ४७ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिन सफल भएको छ । बाँके प्रहरीले लागू औषध बिरुद्धको अभियान तीब्र पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५० औ वार्षिक उत्सवका अवसरमा नारी विकास केन्द्र परिसरमा बृक्षारोपण तथा फलफुल बितरण

३० श्रावण २०८२, शुक्रबार १६:३८
नेपालगञ्ज :  बाँकेमा महिला सशक्तिकरणका लागि क्रियाशिल नारी विकास केन्द्र नेपालगञ्जले आफ्नो स्थापनाको ५० औ वर्ष स्वर्णमहोत्सवको रुपमा मनाउने क्रममा शुक्रबार कार्यालय परिसरमा विभिन्न जातिका फलफुलका ५० वटा विरुवा रोपेर स्वर्णमहोत्सवको सुरुवात गरेको छ । नारी विकास केन्द्रका संस्थापक माधुरी शर्मा , लुम्बिनी प्रदेस सभा सदस्य मिना कुमारी श्रेष्ठसमेतको अगुवाईमा […]

सम्बन्धित