‘बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक’

सदरलाइन संवाददाता १८ श्रावण २०८२, आईतवार १२:५०
 

काठमाडौ :  नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्र बिचको सहकार्य अपरिहार्य रहेको बताएका छन ।

बिमा क्षेत्रमा नीतिगत सुधारसँगै प्रविधियुक्त बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिदै भने,–‘अबको बिमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र सेवा प्रभावकारिता दुवैमा सुधार ल्याउँछ ।’

नेपालको बिमा क्षेत्र दिनप्रतिदिन सुदृढ बन्दै गएको र आगामी दिनमा यो क्षेत्रलाई पूर्ण प्रविधिमैत्री बनाउन सकिए वित्तीय पारदर्शिता समेत कायम गर्न सकिने अध्यक्ष मल्लले बताए ।


प्रभु इन्स्योरेन्सका अध्यक्ष समेत रहेका अध्यक्ष मल्लले कम्पनीका तर्फबाट आर्थिक वर्ष २०८१÷८२ का लागि १८ प्रतिशत बोनस घोषणा गर्न सकिएको गर्व गर्दै भने–‘यो उपलब्धि कम्पनीको सेवा, पारदर्शिता र प्रतिबद्धताको प्रतिफल हो । हामी बीमितहरुप्रति अझ जिम्मेवार हुँदै आगामी दिनमा द्रुत र समयमै दाबी भुक्तानी गर्ने कुरामा प्रतिबद्ध छौँ ।’

‘बिमा गरौँ ढुक्क बनौँ’ भन्ने नारालाई व्यवहारमा उतार्नका लागि प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘बिमा भनेको पीडा, विपद् र जोखिमका समयमा सेवा गर्ने क्षेत्र हो । हामीले जनतालाई यो विश्वास दिलाउनु समेत जरुरी छ ।’

अध्यक्ष मल्लले बिमा क्षेत्रलाई मजबुत बनाउन निजी तथा सरकारी क्षेत्र दुई सिक्काका दुई पाटा जस्तैसँगै अघि बढ्नुपर्ने आवश्यकतामा समेत जोड दिए । बिमा सेवालाई गाउँ–गाउँ पु¥याउने, आम सर्वसाधारणलाई बुझ्ने भाषामा बिमाको महत्त्व बुझाउनुपर्नेमा अध्यक्ष मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बहुविवाहसम्बन्धी कानुनको विरोध : नारी विकास केन्द्रद्वारा ध्यानाकर्षण

१८ श्रावण २०८२, आईतवार १२:५०
नेपालगञ्ज : बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुन ल्याउन लागेको भन्दै नारी विकास केन्द्र, बाँकेले नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त ध्यानाकर्षण पत्र मार्फत नेपाल सरकारबाट बहुविवाहलाई वैधता दिने वा प्रोत्साहन गर्ने गरी कानुन संशोधनको प्रयास भइरहेको भन्ने समाचारप्रति गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेको हो । […]