राप्तीसोनारीमा जनताको तटबन्धको कामको स्थलगत अवलोकन

सदरलाइन संवाददाता ३ श्रावण २०८२, शनिबार १७:५७
 

नेपालगञ्ज : राप्ती नदीको कटानबाट रोक्नको लागि जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. ६ लमहीले बाँकेमा गरिरहेको कामको बारेमा अनुगमन गरिएको छ ।

जनताको तटबन्धले बाँकेको राप्तीसोनारी–७, खल्लाझगडीयामा निर्माणाधीन बाढीबिरुद्ध बचाउका लागि आपतकलिन कार्य अन्तर्गत भईहेको बेम्बो पायलिङ्ग र आरसिसि प्रकोपाईन कार्यको स्थलगत अवलोकन गरिएको हो ।

जनताको तटबन्ध आयोजना प्रमुख डा.नारायणप्रसाद सुवेदीको नेतृत्वमा प्रगन्ना कुलो सिचाइ प्रणाली मुल समन्वय समितिका सदस्य तिलक न्यौपाने तथा नेपाली कांग्रेस बाँके क्षेत्र न १ का क्षेत्रीय सभापति पोषण केसीलगायतका स्थानीय सरोकारवालाहरु सहितको टोलीले स्थलगत अवलोकन गरिएको हो ।


भारतले अन्तराष्ट्रिय मापदण्ड मिचेर सिमा क्षेत्रमा बाँध बनाएपछि राप्ती तटिय क्षेत्रका नेपाली बस्तिहरु डुवान र कटानको चपेटामा पर्दै आएका छन् । तटिय क्षेत्रका बस्ति जोगाउन जनताको तटबन्ध कार्यक्रम अन्तरगत हरेक वर्ष विभिन्न गतिविधि हुने गरेको छ ।

कार्यालय प्रमुख डा. सुवेदीले राप्तीसोनारी–७ खल्ला झगडियामा अहिले बेम्बो पायलिङ्ग र आरसिसि प्रकोपाईन राखिसकेको जानकारी गराउदै, बोरा भर्ने र राख्ने काम हुँदै आएको जानकारी दिए । यो कार्यले राप्ती नदीको कटानलाई रोक्ने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा ७ वटा गोल्ड मेडल नेपाललाई

३ श्रावण २०८२, शनिबार १७:५७
नेपालगञ्ज : थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपालगञ्ज १२ कोरियानपुरका करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरुलाई उछिन्दै बिश्व च्याम्पियन बनेका छन् । उनले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा सिलवर मेडल […]

सम्बन्धित