बाँके फटोग्राफर संघमा पुनः भण्डारी सर्वसम्मत

सदरलाइन संवाददाता १० श्रावण २०८२, शनिबार १९:४५
 

नेपालगञ्ज :  बाँके फोटोग्राफर तथा भिडीयोग्राफर संघको जिल्ला भेलावाट शिबेन्द्र भण्डारी पुनः नेतृत्वमा दोहोरिएका छन् । भेलाले ६ महिना भित्र अधिवेशन गर्ने गरी भण्डारीको अध्यक्षतामा पुरानै कार्यसमितिलाई निरन्तरता दिदै ७ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

२०८० साल जेठ २८ गतेको भेलाले चयन गरिएको कार्यसमितिले २०८० फागुन १६ गते बिधिवत रुपमा संघको जिल्ला प्रसाशन कार्यालय बाँकेमा दर्ता गरेर प्रथम चरण कार्यभार पुरा गर्दै आजको ६ महिना भित्र अधिवेशन सम्पन्न गर्दै बाँके जिल्लाको फोटोग्राफर तथा भिडीयोग्राफरहरुको बर्षौदेखिको सपना साकार गर्ने तर्फ कामहरु भईरहेको अध्यक्ष भण्डारीले बताए ।


उनले आजकै भेलामा ३० जनालाई संघको सदस्यताको प्रमाण–पत्र प्रदान गरिएको समेत वताए । माहासंघको लुम्विनी प्रदेशको साउन १७ गते दाङ्गको घोराहीमा हुने अधिवेशनमा बाँके जिल्लावाट पनि नेतृत्वमा दावी गर्नसक्ने प्रतिनिधिहरु छनौट गरिएको छ ।

नेपाल फोटोग्राफर माहासंघका केन्द्रीय सदस्य निलराज अधिकारीले बधाई दिंदै पुनः गठित कार्यसमितिलाई स्थापनादेिखनै महत्वपूर्ण जिम्मेवारी पुरा गरेकोले बाँकेको फोटोग्राफी तथा भिडीयोग्राफी ब्यवसायीहरुमा उत्साह प्रदान गरेको बताउँदै बाँके जिल्ला भरिका ब्यवसायीहरु सवैलाई संघमा आवद्ध गर्न तर्फ संघले कार्य गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले बताएका थिए ।

नेपाल फोटोग्राफर माहासंघका केन्द्रीय लेखा आयोगका सदस्य तेज बहादुर केसी. बिशिष्ठ अतिथि रहेको भेलामा संघका सचिव तेजबहादुर खत्रीले शुभकामना मन्तब्य राखेका थिए । भेलाले उपाध्यक्ष्यमा योगमायाँ शर्मा केसी, माहासचिवमा भक्तप्रसाद देवकोटा, सचिव तेजबहादुर खत्री, कोषाध्यक्ष गिरिवर लाल बर्मा र सदस्यहरुमा बिशाल घिमीरे, सुदिप धिताललाई चएन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीजन्य विपदको बेलामा हुनसक्ने यौन तथा लैङ्गिक हिंशा रोक्न र बाल संरक्षणका बारेमा समुदायलाई तालिम

१० श्रावण २०८२, शनिबार १९:४५
नेपालगञ्ज :  बाँकेका बाढीको चपेटामा अत्याधिक पर्ने ३ पालिकाको चार वडाका प्रतिनिधिमुलक समुदायलाई बाढी पूर्वानुमान पश्चात पूर्वकार्य अन्तरगत आपतकालिन अवस्थामा यौन तथा लंैङ्गिक हिंशा र बाल संरक्षण सचेतना तालिम दिईएको छ । नेपाल रोडक्रश सोसाइटी बाँकेको आयोजनामा दिईएको सो तालिममा राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउपालिकाका ४ वटा वडाका समुदायलाई दुईदिने […]