‘गुलजार–ए–अदब’ को अध्यक्षमा कुरैशी, महासचिवमा अन्सारी

सदरलाइन संवाददाता २८ असार २०८२, शनिबार २०:२७
 

नेपालगञ्जः नेपालगञ्जको सक्रिय साहित्यिक संस्था ‘गुलजार–ए–अदब’ मा नेतृत्व परिवर्तन भएको छ । संस्थाका संस्थापक तथा हालसम्म अध्यक्ष रहेका वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’ले स्वास्थ्य कमजोरीका कारणले गर्दा एक कार्यक्रमका बीच आजैदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

उनले आफ्नो राजिनामा संगै नयाँ कार्यसमिति पुनर्गठनको घोषणा गर्दै मुस्तफा अहसन कुरैशी ‘अहसन’लाई अध्यक्ष, नुरुल हसन राई ‘नुरी’लाई उपाध्यक्ष तथा मोहम्मद आरिफ अन्सारी ‘अमन’लाई महासचिवको जिम्मेवारी सुम्पेका हुन ।

संस्थाका वर्तमान सचिव समेत रहेका अहसन कुरैशीका अनुसार, संस्थापक अध्यक्षले नयाँ समितिलाई आवश्यक परामर्श लिएर पूर्णता दिने अधिकार पनि प्रदान गरेको बताए ।

नवनियुक्त अध्यक्ष मुस्तफा अहसन कुरैशीले शायरहरू तथा साहित्य प्रेमीहरूसँग छलफल गरी चाँडै नै समितिलाई पूर्णता दिने जानकारी दिए ।
‘गुलजार–ए–अदब’ विगत ५ दशकदेखि नेपाली साहित्यिक वातावरणमा उर्दू गजल, कविता तथा बहुभाषिक साहित्यिक गतिविधिमार्फत सक्रिय रहँदै आएको संस्था हो ।

‘गुलजार–ए–अदब’को ५ सय ८८ औँ  मासिक गजल गोष्ठी सम्पन्न

नेपालगञ्जको सक्रिय उर्दू साहित्यिक संस्था गुलजार–ए–अदब अदबद्वारा आयोजित मासिक गोष्ठीको ५ सय ८८औँ श्रृंखला शनिवार महेन्द्र पुस्तकालयमा वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’को अध्यक्षतामा सम्पन्न भएको छ ।

‘किसी भी आईने में देर तक चेहरा नहीं रहता’ शीर्षकमा आयोजना गरिएको उक्त गोष्ठीमा बाँके, नेपालगञ्जका स्थापित र नवोदित शायरहरूले प्रेम, सामाजिक यथार्थ, अध्यात्म, आस्था र मानवता जस्ता विविध विषय समेटिएका उत्कृष्ट गजलहरू प्रस्तुत गरे ।

शायरहरूले प्रस्तुत गरेका केही उल्लेखनीय शेरहरू यस प्रकार छन्,

तुमही खुद टिक नही पाते हो अउर सब से यह भी कहते हो किसी भी आईने में देर तक चेहरा नहीं रहता । (अब्दुल लतीफ ‘शौक’)

हमारे दरमियाँ उन के कोई चेहरा नहीं रहता, कई हमवार राहें हैं, कोई पहरा नहीं रहता। (सैय्यद अशफाक रसूल हाशमी ‘शैय्यद नेपाली’)


जो अपना हो गया हो फिर वह बेगाना नहीं रहता, कि दिल में बसने वाला शख्स अन्जाना नहीं रहता। (मुस्तफा अहसन कुरैशी ‘अहसन’)

ताअल्लुक कोई भी इन्सान का ज्यादा नही रहता, कभी इन्सा नही रहते कभी रिसता नही रहता । (सैय्यद आदिल सरवर “सरवर नेपाली“)

मेरा बातिल मेरे जाहिर से ज्यादा खूबसूरत है, किताबें दिल खुला है, देख लो नुक्ता नहीं रहता। (अन्सर नेपाली)

रहा करते हैं गर्दिश में, कोई ठहरा नहीं रहता, फलक के चाँद तारों पर कोई पहरा नहीं रहता।
तुम्हारे साथ मे वह आज भी पटना नही रहता, मगर यह बात भि सच है वह अब शिमला नही रहता ।( वशीम आलम मजहरी)

किसी दरिया का पानी बेवजह ठहरा नहीं रहता, चमन गुलजार होता है, वहाँ सहरा नहीं रहता। (मो. आरिफ अन्सारी)

मेरा उस घर पर बेकारी मे ही जाना नही रहता, कभी पानी नही रहता, कभी दाना नही रहता ।( मेराज अहमद “हिमालय“)

किसी बे–इश्क दिल पर दर्द का साया नहीं रहता,  कि मुर्दे के बदन से रूह का रिश्ता नहीं रहता। (सहबाज ‘साहीन’)

जुमा आया जुमें की रात गई, वह न आया सुहानी रात गई । (जहिरुल हक ‘जिनु’)

कार्यक्रममा विशेष डा. उमेर सादिक, राशिद कमाल, बब्बु फारुकी, आसिम सरवर लगायतका साहित्यप्रेमी र गजल पारखीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गोष्ठीले उर्दू साहित्य, विशेषतः गजल विधाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको सहभागीहरूको भनाई रहेको थियो । अगामी गजल गोष्ठी साउन ३१ गते शनिवार ‘जिन्होंने बस्ती उजाड़ डाली, कभी तो उनका हिसाब होगा’ शिर्षकमा हुने कुरा संस्थाका सचिव मुस्तफा हसन कुरैशीले जानकरी गराए । गोष्ठीकोे सञ्चालन नुरुल हसन राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राप्त उपलब्धिको रक्षागर्नु नेपाली समाजको प्रमुख जिम्मेवारी : एमाले महासचिव पोख्रेल

२८ असार २०८२, शनिबार २०:२७
काठमाडौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राप्त उपलब्धिको रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २६ औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आजको अधिकार प्राप्तिको लागि धेरै त्याग र बलिदान […]