अनुसन्धान र प्रविधिमा थप पहुँच पु-याउन ल्यापटप वितरण

लक्ष्मी तिमिल्सेना २७ असार २०८२, शुक्रबार ०३:२०
 


नेपालगञ्ज : टीआरटिआई कलेज, नेपालगञ्ज १० बाँकेको आयोजनामा एक विशेष कार्यक्रमका बीच बीबीए दोस्रो सेमेष्टरका उत्कृष्ट २८ विद्यार्थीलाई ल्यापटप वितरण गरिएको छ । ‘आईटीमैत्री शिक्षा, डिजिटल भविष्य’ भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई अनुसन्धान र प्रविधिमा थप पहुँच दिन ल्यापटप वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले देशमै अवसर खोज्न युवाहरुलाई आग्रह गरे । उनले भने,–‘विदेशमा दुख गर्नुको सट्टा आफ्नै माटोमा रमाउँ, समृद्धि यहीँ सम्भव छ ।’ कर्णाली प्रदेशको अपार प्राकृतिक स्रोत, जडिबुटी, पर्यटन, र पेट्रोलियम सम्भावनालाई उदाहरण दिँदै उनले युवालाई देशमै काम गरेर आत्मनिर्भर बन्न प्रेरित गरे ।  ‘जुम्लाको स्याउदेखि दैलेखको तेलसम्म, कर्णाली विकासको मूल थलो बन्न सक्छ,’–उनले भने ।

उक्त कार्यक्रममा बोल्दै कलेजका कार्यकारी अधिकृत भगत बहादुर नेपालीले टीआरटिआई कलेजले डिजिटल मार्केटिङ र सूचना प्रविधिमा अग्रणी भूमिका खेलिरहेको जानकारी दिए । ‘हामी क्लष्टर स्तरबाट सुरु भएर एमबिएसम्मका कार्यक्रम सञ्चालन गर्दैछौं । विद्यार्थीमैत्री वातावरण हाम्रो प्राथमिकता हो,’–अधिकृत नेपालीले भने ।


कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर मोहनजंग शाह, समाजसेवी खगेश्वर बोहरा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, प्याव्सन बाँके अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मान बहादुर थापा, सचिव विज्ञान शाह लगायत शिक्षकहरु तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।  प्रशंसा सुनारले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, गजल, मुक्तक, चुट्किला लगायतका सांस्कृतिक प्रस्तुति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसापानीको हात्तिसारमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु

२७ असार २०८२, शुक्रबार ०३:२०
बैजनाथ (बाँके) :  बाँकेको बैजनाथ–१ देउराली हात्तिसारमा बर्दिया राष्ट्रिय निकुञ्जवाट आएको जंगली हात्तिको बथानले आक्रमण गर्दा च्याउ टिप्न जंगल पसेकी एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज शुक्रबार बिहान करिव सवा ८ बजेतिर घटेको सो घटनामा परेर चिसापानीकी ४५ वर्षिया पुर्णिमा बुढाको घटनास्थलमै मृत्यु भएको […]