
बर्दिया : बर्दियाका बालबालिकाको पढ्ने बानीको विकास गर्ने, नियमित विद्यालय जान प्रोत्साहन गर्ने साथै बालबालिकाको सिकाई उपलब्धिमा सुधार ल्याउने उदेस्यले शैक्षिक सामग्री तथा पढाई कुरा सामग्री वितरण गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवले बर्दियाको मधुबन र राजापुर नगरपालिकाको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत ६० जना बालबलिकलाई शैक्षिक सामग्री र ३० जना बालबालिकालाई पढाई कुना निर्माणका सामग्री वितरण गरेको हो ।
परियोजना लागू भएका सिमा क्षेत्रका १० विद्यालयका अति गरिब, बिपन्न, दलित, पछाडी पारिएका समुह, प्लान प्रायोजित परिवारका बालबालिकालाई विद्यालयको सिफारिसमा सो सामग्री सहयोग गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले बताए ।

सामग्री बितरण कार्यक्रममा बोल्दै भेरी माध्यमिक विद्यालयका प्रअ शिवप्रसाद कोइरालाले शैक्षिक सामग्री तथा पढाई कुना सामग्री सहयोगले बालबालिकाहरुको पढाई प्रति अभिरुची बदन मदत गर्नुका साथै घरमा पनि नियमित पढने बानिको विकास हुने र यसको निरन्तरताका साथै दिगोपनका लागि विद्यालयले योजना बनायर नियमित अनुगमन गर्ने बताए ।

सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रअ, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो भने सामग्री वितरण प्रअ, परियोजनाका कार्यक्रम संयोजक इश्वर बिक, फिल्ड सुपरभाइजर सावित्रा भाट र प्रमिषा थारुले गरेका थिए ।
मानब बेचबिखन तथा बालबेचबिखन नियन्त्रण गर्ने उदेस्यले संचालित सुरक्षा परियोजन अन्तर्गत विद्यालयलाई सुरक्षित, समाबेसी, लैंगिक मैत्री बनाउनका लागि विद्यालय तहमा सचेतना मुलक कार्यक्रम, अभिमुखीकरण, अन्तरक्रिया, गोष्ठी, तालिमहरु निरन्तर संचालन गर्दै आइरहेको संस्थाका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।



