दैलेखमा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

सुरेन्द्र शाही ८ असार २०८२, आईतवार १४:२४
 

दैलेख : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिका, सोसेक नेपालको आयोजनामा संवाद कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षा, बाल अधिकार शासन र संरक्षण, स्वास्थ्य र जलवायु परिवर्तन सम्बन्धी काम गरि रहेको सोसेक नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिच संवाद कार्यक्रम गरेको हो । सामुदायिक विद्यालयमा जलवायु परिवर्तन सम्बन्धि गतिविधी गर्न गठन भएका वाल क्लवका विद्यार्थीहरु विच जलवायु परिवतनका विषयमा संवाद गरिएको हो ।

विन्द्रासैनी मावि विन्द्रासैनीमा गठन गरिएको प्रगतिशिल बाल क्लबका सदस्य पुजा ढकाल, आनन्द मावि सिमशेरमा गठन गरिएको आनन्द सरसफाई क्लवमा उपाअध्यक्ष कल्पना ज्ञवाली र हिमालय मावि तिजकोडाँडामा गठन गरिएको हिमाली बाल क्लवका अध्यक्ष दिलिप बिक सहभागी रहेको संवाद कार्यक्रममा बाल क्लवले गरेका गतिविधिमा बालबालिकाको भूमिका, पोषण वगैचा तथा जलवायु न्यूनिकरणका विषयमा संवाद गरिएको थियो ।


सोसेक नेपालको सहयात्रा तेश्रो परियोजना अन्र्तगत चामुण्डा विन्द्रासैनी नगरपालिकामा जलवायु न्युनिकरण गर्न सामुदायिक विद्यालयमा बक्तिृवकला प्रतियोगिता, नाटक, लोकगित प्रतियोगिता, ¥याली, वृक्षारोपण, जलवायु परिवर्तन न्याय र उत्थानशिल योजना अन्र्तगत विद्यालयको भौतिक संरचना निमार्ण लगायतका कार्यक्रम गर्दै आईरहेको छ ।

सोसेक नेपालका मिल कोओडिनेटर विनिता आरसि, जलवायु परिवर्तन परियोजना संयोजक सोनिका पौडेल लगायतको उपस्थिती रहेको संवाद कार्यक्रममा सेभ द चिल्ड्रेनको आर्थिक सहयोेग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउथ एशियन यूनिवर्सिटी नयाँदिल्लीमा योग केन्द्रको विस्तार हुँदै : प्रो. केके अग्रवाल

८ असार २०८२, आईतवार १४:२४
नयाँ दिल्ली :  ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने मूल नाराका साथ साउथ एशियन यूनिवर्सिटी नयाँ दिल्लीमा अन्तराष्ट्रिय योग दिवश मनाईएको छ । ११ औ विश्व योग दिवश अर्थात २१ जूनको अवसर पारेर साउथ एशियन यूनिवर्सिटीमा आयोजित कार्यक्रममा यूनिवर्सिटी अध्यक्ष प्रोफेसर केके अग्रवाल एवं वरिष्ठ शिक्षाविद प्रोफेसर सरोज अग्रवालको […]