शीर्ष नेताहरूको बैठक : गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान कायमै

सदरलाइन संवाददाता १९ जेष्ठ २०८२, सोमबार २०:००
 

नेपालगन्ज : सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको जानकारी दिए ।

संसद् बैठकमा माओवादीसहितले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् । ‘हामीले जो विषयवस्तु राखेका छौं । त्यो यथावत् नै छ । सुशासनलाई केन्द्रीत गरेर अघि राख्नुपर्छ भनेका छौं । जुनकुरा हामीले सदनमा राखेका छौं । त्यही विषयवस्तु हो,’ पाण्डले बैठकपछि भने, ‘भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्नका लागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौं ।’


बैठकमा प्रधानमन्त्री ओलीले संसद् खोलेर अघि बढ्न आग्रह गरेको उनले बताए । ‘अब राजीनामा होइन संसद् खोलेर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । हाम्रो तर्फबाट सुशासनको विषयवस्तु महत्त्वपूर्ण हो भन्यौं,’ पाण्डेले बैठकपछि भनेका छन् ।

कर्मचारीको कुरा भएकाले राजीनामा दिनु नपर्ने प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरूले कुरा राखेको पाण्डेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा बैठक अवरुद्व : गतिरोध अन्त्यका लागि सभामुखको पहल

१९ जेष्ठ २०८२, सोमबार २०:००
नेपालगन्ज : सभामुख देवराज घिमिरेले संसदीय गतिरोध अन्त्यका लागि पहल गरिरहेका छन्। प्रतिनिधि सभामा मंगलबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची भए पनि प्रतिपक्षी दलको अवरोध जारी रहेपछि सभामुखले सहमतिको पहल गरिरहेका हुन्। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइए पनि अझै सुरु हुन सकेको छैन। भिजिट भिसा प्रकरणमा […]