बाँकेमा करिब २ सय पत्रकारको निशुल्क आँखा जाँच गरियो

सदरलाइन संवाददाता १ असार २०८२, आईतवार २३:१४
 

नेपालगञ्ज, : गौरव स्मृति तथा बियोर सेल्फ फाउण्डेशन नेपालगञ्जले नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा बाँकेका करिव २ सय पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

नेपालगञ्ज–४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा जिल्लाका १९४ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो । जसमा ९१ जनालाई निःशुल्क चश्मा र औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

चौथो गौरव स्मृति दिवसको अवसरमा आयोजित आँखा जाँचको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले पत्रकारहरुले कम्प्युटर, ल्यापटप, मोबाइलमा काम गरिहनुपर्ने भएकाले आँखाको ख्याल गर्नुपर्ने बताए । गिरीले आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण र संवदेनशिल अंग भएकाले बेला बेलामा आफ्नो आँखाको परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले यस्तो परोपकारी काममा सहकार्य गरेर पत्रकारहरुलाई यो अवसर प्रदान गरेको भन्दै गौरव स्मृति तथा बियोर सेल्फ फाउण्डेशनलाई धन्यबाद ज्ञापन गरे ।

संस्थाका संरक्षक प्रदिप शाहले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय कार्यहरु गर्दै आएको जानकारी गराउँदै पत्रकारहरुको आँखा जाँच गर्ने वातावरण निर्माण भएकोमा खुसी ब्यक्त गरे । स्वर्गीय गौरब शाहले सञ्चालन गरेको संस्थालाई आफूहरुले निरन्तर अघि बढाएको बताउँदै संरक्षक शाहले परोपकारी भावनाले प्रेरित भएर सामाजिक कामहरु गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवीहरु हरिष गुप्ता, शिव कुमार बर्मा लगायतले स्वर्गीय गौरबले संस्थामा गरेको योगदानको चर्चा गर्दै संस्थाले गरिरहेको सामाजिक कामहरुको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार एवम् पत्रकार मधु पौडेलले गरेका थिए ।

दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरेको थियो । अधिकांश पत्रकारहरुमा दुर दृष्टिको समस्या देखिएको कनोजियाले बताए । गौरबको चार बर्ष अघि आजकै दिन निधन भएको थियो । उनको स्मृतिमा आँखा जाँच गरिएको हो । फाउण्डेशनले विगतमा पत्रकारहरुलाई सहयोगसंगै उनीहरुको हकहितका लागि पनि काम गर्दै आएको संस्थाका संरक्षक शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेस सहमहामन्त्री राठौर भन्छन : गगन थापा पार्टी सभापति भए काँग्रेस चार टुक्रा हुन्छ

१ असार २०८२, आईतवार २३:१४
नेपालगञ्ज :  नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले गगन थापा पार्टी सभापति भए काँग्रेसलाई चारटुक्रामा छिन्नभिन्न पारिदिने बताएका छन् । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ को कार्यसमिति घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहमहामन्त्री राठौरले यस्तो बताएका हुन् । उनले पार्टी बनाउने नाममा […]