बर्दिया राजापुरका छात्राहरुलाई विद्यालय जान निशुल्क साइकल वितरण

सदरलाइन संवाददाता ८ असार २०८२, आईतवार १२:२७
 

बर्दिया : प्लान इन्टरनेशनल नेपालको सहयोग र सम्बद्ध नगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबद्वारा बर्दियाको राजापुर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३१ जना छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको छ । यसअघि मधुवन नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका १० जना छात्राहरुलाई पनि साइकल वितरण गरिएको थियो ।

बाँके युनेस्को क्लबद्वारा बर्दियाको राजापुर र मधुवन नगरपालिकामा संचालित ‘सुरक्षा परियोजना’ कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको हो । विद्यालय पुग्न घरवाट कम्तीमा आधा घण्टा पैदल हिडनुपर्ने अवस्थाका छात्राहरुलाई साइकल वितरण गरिएको परियोजना संयोजक ईश्वर विकले जानकारी दिए ।

संयोजक विकका अनुसार, बर्दियाको राजापुर र मधुवन नगरपालिकामा साढे एक वर्षदेखि सुरक्षा परियोजना कार्यक्रम संचालन हुँदै आएको छ । यो परियोजनाको अवधि तीन वर्षको रहेको छ । परियोजनाले मूलतः छात्राहरुको सशक्तिकरणका विभिन्न आयामहरुमा काम गर्दै आएको छ । बालबलिका बेचबिखन बारे अभिभावक, शिक्षक–शिक्षिका, समुदाय तथा छात्राहरुमा सचेतीकरण अभियान, छात्राहरुको शिक्षा, स्वास्थ्यको सुरक्षालगायतका विषयलाई परियोजनामा समेटिएको छ ।


राजपुरको मानपुर टपरा वडा नं ६ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिकाका उपमेयर मनकलाकुमारी चौधरी, क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकी, अध्यक्ष रबि तुलाधर, बरिष्ठ उपाध्यक्ष पँचम गुरुङ्गलगायतले छात्राहरुलाई साइकल वितरण गरेका थिए ।

उपमेयर चौधरीले परियोजना कार्यक्रमले छात्राहरुको व्यक्तित्व विकास र सशक्तिकरणमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्लान इन्टरनेशनल र बाँके युनस्को क्लबलाई धन्यवाद दिईन । उनले भनिन–‘परियोजनाको कार्यक्रम राम्रो छ । यसको सदुपयोग समुदायस्तरवाट हुनुपर्छ । कार्यक्रमको सफलताका लागि राजापुर नगरपालिकाले सबैखाले सक्दो सहकार्य गर्नेछ ।’

क्लबका अध्यक्ष तुलाधरको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा राजापुर नगरपालिका वडानं ८ का अध्यक्ष राजेश थारुले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा नं ३ का अध्यक्ष प्रसादु थारु, भेरी माविका प्रधानअध्यापक शिवप्रसाद कोइराला, जनचेतना माविका सहायक प्रधानअध्यापक सुवास खत्री, शिक्षक जयश्री दहित, बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरी, परियोजनाका सुपरभाइजर प्रमिसा थारुलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

८ असार २०८२, आईतवार १२:२७
दैलेख : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिका, सोसेक नेपालको आयोजनामा संवाद कार्यक्रम सम्पन्न भएको हो । शिक्षा, बाल अधिकार शासन र संरक्षण, स्वास्थ्य र जलवायु परिवर्तन सम्बन्धी काम गरि रहेको सोसेक नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिच संवाद कार्यक्रम […]