खजुराका सबै माबिमा जलवायु न्याय पाठ्यक्रम लागु हुदै

सदरलाइन संवाददाता २२ जेष्ठ २०८२, बिहीबार १७:५२
 

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले पालिका अन्तरगतका सबै १६ वटा माबिहरुमा जलवायु न्याय पाठ्यक्रम लागु गर्ने भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्धारा सञ्चालीत वालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय पाठ्यक्रमलाई ग्रहण गर्दै गाउँपालिकाले आफै निरन्तरता दिने जनाएको हो ।

गाउँपालिकाका सबै माबिहरुमा कार्यक्रम लागु हुनुपूर्व बिद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकलाई कार्यक्रमका बारेमा जानकारी गराउने उद्धेश्यले तिन दिने तालिमको अयोजना गरेको थियो । जेष्ठ १९ गते देखि सञ्चालन भएको तालिम २१ गते कार्यक्रमलाई निरन्तरता दिने साझाँ सहमति सहित समापन गरिएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जलवायु न्याय पाठ्यक्रमको प्रभावकारीता अत्यन्तै सकारात्मक देखिएकाले पालिकाले निरन्तरता दिने गरी योजना बनाएको बताए । उनले पालिकाका सबै बिद्यालयहरुमा कार्यक्रम लैजाने बताउदै जलवायु न्याय पाठ्यक्रम प्राविधिक बिषय भएकाले रुम टु रिड र बास नेपालको सहयोग आवश्यक पर्ने जनाए । जलवायु न्याय कार्यक्रमलाई अगाडी बढाउन पालिकाले आवश्यक योजना तयार गरिसकेको बताउदै हरेक बर्ष जलवायु न्याय पाठ्यक्रमलाई कार्यान्वयनमा लगेर सर्वोत्कृष्ट उपलब्धी हासिल गर्ने बिद्यालयलाई नगद सहित पुरस्कृत गर्ने योजना पालिकाको रहेको उनको भनाइ थियो । उनले तिन दिन सम्म तालिममा सिकेको कुरालाई बिद्यालयमा लागु गरि उत्कृष्ट बिद्यालयको रुपमा अगाडी लैजान सहभागि बिद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकहरुलाई अनुरोध गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि खजुरा गाउँपालिका श्री नेरा माबिका प्रधानाध्यापक माधव शर्माले तिन दिन सम्म चलेको तालिमबाट जिवन उपयोगी सिप र जलवायु न्याय पाठुयक्रमका बारेमा प्रष्टता आएको बताए । उनले तालिमबाट सिकेको कुरा र पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरे । यसैगरी समापन सत्रमा बोल्दै कार्यक्रमका सहभागि श्री भानु माबिका सम्पर्क शिक्षक गिता अर्यालले वालिका शिक्षा कार्यक्रम सञ्चालनको क्रममा सबै भन्दा कमजोर मानिएको भानुमाबिमा हाल सबै भन्दा राम्रो प्रगति देखिएको बताउदै बिद्यार्थीहरुको आनिवानीमा कार्यक्रमले ल्याएको प्रभाव अत्यन्तै सकारात्मक रहेको बताइन् । पालिकाले कार्यक्रमको निरन्तरता दिनु अत्यन्तै खुसीको कुरा भएको बताइन । कार्यक्रमको प्रभावकारीताका लागि रुम टु रिड र बास नेपालले निरन्तर सहयोग गर्ने उनको अपेक्षा थियो ।


तालिमको समापन सत्रमा बोल्दै रुम टु रिड वालिका शिक्षा र लैंगिक समानता कार्यक्रमका सिनियर कार्यक्रम अधिकृत जय प्रजापतिले खजुरा गाउँपालिकाले वालिका शिक्षा कार्यक्रमलाई अपनत्व लिएर निरन्तरता दिएकोमा अत्यन्तै खुसी लागेको बताए । खजुरा गाउँपालिकाले लिएको अपनत्व र बिद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकहरुको सक्रियताले जिवन उपयोगी सिप र जलवायु न्याय पाठ्यक्रम कार्यक्रम नमुना कार्यक्रमको रुपमा अगाडी बढ्ने विश्वास ब्यक्त गरे । उनले रुम टु रिडले बास नेपाल मार्फत प्राविधिक रुपमा गाउँपालिकाले थालेको उत्कृष्ट कार्यमा आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता गरे ।

जलवायु न्याय पाठ्यक्रम लागु गर्नु पूर्व तयारीका रुपमा सञ्चालन गरिएको तालिम जीवन उपयोगी सीपका १० तत्वहरुबारे प्रशिक्षित गर्ने, जलवायु न्याय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जलवायु परिवर्तनसम्बन्धी ज्ञान हासिल गर्ने, निर्देशिकाको सत्रहरुमा रहेको विशेष क्रियाकलापहरुको अवधारणामा स्पष्ट हुने, पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिकता र जलवायु न्यायसम्बन्धी ज्ञान हासिल गर्ने उद्धेश्यले गरिएको थियो ।

बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेको समापन सत्रको धन्यबाद ज्ञापन सहित समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

३ दिने तालिमको सहजिकरण रुम टु रीडका सलिना तामाङ, जय प्रजापती, दिनेश पोखरेल, निरोज कोइराला, बास नेपालका हेमराज भट्ट, जोशिना थारु, शोभा भण्डारी, सविता सुनार, जमुना चौधरीले सहजिकरण गरेका थिए । बास नेपालले रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बाँकेको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा राजस्व सुधार कार्यदलको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण

२२ जेष्ठ २०८२, बिहीबार १७:५२
नेपालगञ्ज : लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन तीन वर्षभित्र १० अर्ब रुपैयाँ पु-याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बिहिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय […]