नेपालगञ्जमा नगरस्तरिय बालभेला सम्पन्न

सदरलाइन संवाददाता ११ जेष्ठ २०८२, आईतवार १९:१४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा बालमैत्री शासन सञ्चालनको लागि नगरस्तरिय योजना तर्जुमा बाल भेला सम्पन्न गरिएको छ ।

नेपालगञ्ज उपमहानगरलाई विक्रम संवत २०८३ असार मसन्तसम्म बालमैत्री नगर घोषणा गर्ने उद्देश्यले बालमैत्री शासनका विभिन्न सूचक अन्तरगत नगर स्तरिय योजना तर्जुमा बाल भेला आयोजना गरिएको हो ।

नेपालगञ्ज उपमहानगरलाई बालमैत्री नगर घोषणाको तयारीलाई अघि वढाईएको सोही उद्देश्य अनुरुप शनिबार नेपालगञ्जमा नगर स्तरिय  योजना  तर्जुमा  बाल  भेला  आयोजना  गरि  आगामी  आर्थिक  वर्षका  लागि  बालबालिकाको आवश्यकताको  पहिचान गरी योजना बनाइएको नगरस्तरिय बालक्लब सञ्जालका उपाध्यक्ष नन्दनी सिंहले जानकारी दिईन ।

सोही भेलामा सहभागी नगरस्तरिय बालक्लव सञ्जालका सचिव हर्षित पाण्डेले भेलाले बालबालिकाका क्षेत्रमा विभिन्न २४ बुदालाई प्राथामितामा राखेर कार्यन्वयनका लागि पठाईएको बताए । उनले भने–‘ हामीले बाल भेला मार्फत हाम्रा मुद्दा पचिान गरि त्यसको प्रँथामिकिकरण गरी कार्यान्वयनका लागि सम्बन्धित ठाउमा पठाएका छौ ।’


नेपालगञ्ज उपमहानगर महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा बरिष्ठ महिला विकास अधिकृत पबित्रा कुमारी पुरीले आगामी आर्थिक वर्षमा उपमहानगरलाई बालमैत्री नगर घोषणाको लागि आवश्यक तयारी अनुसार बालभेला आयोजना गरिएको बताईन ।

उनले बाल भेला मार्फत निर्णायक तहमा बालसहभागिताको सुनिश्चितता कायम राख्दै बालबालिकाको क्षेत्रमा रहेको औल्याईएको प्राथामिकताको आधारलाई कार्यान्वयनमा लगिने मुख्य निर्णय भएको स्पष्ट परिन ।

उपमहानगरले बाल मनोभावना अनुरुपको योजना निर्माणको लागि यस्ता भेलाको आयोजना गरि उनीहरुलाई निर्णयक तहमा पुराउने गरिदै आएको बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका नेपालगञ्ज–६ का वडा अध्यक्ष समिर प्रताप सिंहको भनाई छ ।

सो कार्यक्रममा नेपालगञ्ज उपमहानगर कार्यपालिका सदस्य बसन्त कुमार कनौजियाले आफुले पनि बाल मुद्दालाई सम्बोधनको लागि नगरकार्यपालिकामा पहलगर्ने बताए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरका २३ वटै वडामा रहेका बालक्लव सञ्जालका प्रतिनिधि सहभागि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेसहित तराई मधेशमा ‘वट सावित्री पर्व’ मनाइदै

११ जेष्ठ २०८२, आईतवार १९:१४
नेपालगञ्ज : श्रीमानको दीर्घायु तथा सुख–समृद्धिको कामनासहित बाँके जिल्लासहित तराई मधेशमा ‘वट सावित्री पर्व’ श्रद्धा र भव्यताका साथ मनाइएको छ । बिहानैदेखि बाँकेका विभिन्न ठाउँका मधेशी समुदायका महिलाहरू व्रत बस्दै वरको रूखमुनि पूजापाठमा जुटेका छन् । हिन्दू धार्मिक विश्वास अनुसार ब्रह्मा, विष्णु र महेशको बास हुने वरको रूख पूजन गरी […]