नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

सदरलाइन संवाददाता १९ बैशाख २०८२, शुक्रबार २०:५६
 

दाङ :  नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने मुख्य मागहरूसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टीका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ति उपत्यका(देउखुरी)मा मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।


सो पार्टिले प्रदेश सरकारको नीति तथा कार्यक्रम तयार गर्दा समावेश गर्नुपर्ने छवटा प्रमुख बुँदाहरू पेश गरेको छ । लुम्बिनी प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउने, नेपाली कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्दै औद्योगिकरणमार्फत आय–आर्जन तथा अर्थतन्त्र सुदृढ गर्ने नीति अवलम्बन गर्ने माग समावेश गरिएको छ ।

त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीको विशेष प्रवद्र्धन र विकासमा जोड दिने, लुम्बिनी प्रदेशभित्र रहेका खानी तथा खनिज स्रोतहरूलाई व्यवस्थित गर्दै राज्यको आयस्रोतमा टेवा पु¥याउने र प्रदेशभरिका धार्मिक क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरी धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने विषयहरू पनि मागमा उल्लेख छन् ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, मागहरूलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार गरी लुम्बिनी प्रदेशको समग्र विकासमा जोड दिन सरकारसँग अनुरोध गरिएको हो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउने बारेमा तयारी थालिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहुँच युक्त संरचना निर्माणमा प्रदेशको बिशेष ध्यानः मुख्यमन्त्री आचार्य

१९ बैशाख २०८२, शुक्रबार २०:५६
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको सहज पहुँचका लागि अपांगतामैत्री संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय अपांग महासंघका संघीय अध्यक्ष देविदत्त आचार्यको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार भएको संवादमा मुख्यमन्त्री आचार्यले सरकारले बनाउने हरेक संरचना […]