बुटवलमा एक युवतीमाथि गोली प्रहार

सदरलाइन संवाददाता ६ बैशाख २०८२, शनिबार १४:२८
 

नेपालगन्ज : बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।

रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको डीएसपी रानाले बताए ।

स्थानीयका अनुसार विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको छ ।


घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

२९ वर्षीय युवती अविवाहित सँग नाम ठेगाना खुली नसकेको भारतीय नागरिक अनुमान गरिएका युवकले एकतर्फी प्रेम गरेका र युवतीले अस्वीकार गरेपछि गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले बताए ।

गोली लागेकी युवती बोल्न सक्ने अवस्थामा रहेकी र स्वास्थ्य स्थिति खतरामुक्त रहेको अस्पातलमा अप्रेसनका लागि पुराइएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृतिहरुको संरक्षणको जिम्मेवारी सरकारले लिने मुख्यमन्त्री आचार्यको भनाई

६ बैशाख २०८२, शनिबार १४:२८
कपिलवस्तु :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्रष्टाहरुले समाज रूपान्तरणका लागि पुर्याएको योगदानलाई राज्यले उच्च सम्मानका साथ लिने स्पष्ट पारेका छन् । कपिलवस्तुको साहित्य तीर्थ कपिलधाम बाणगंगा नगरपालिका–९ मा आयोजित प्राज्ञ प्रा.डा. बिष्णुराज आत्रेय र साहित्यकार तथा समाजसेवी हिमलाल ज्ञवालीको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रष्टाका कृतिहरूको संरक्षण […]

सम्बन्धित