कोहलपुर डेरी एशोसियसनद्वारा क्वारेन्टाईनमा बसेकालाई खिर

३० चैत्र २०७६, आईतवार २२:५३
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) :  कोबिड –१९ नोबल कोरना भाईरसको सक्रमणबाट जोगाउन कोहलपुर नगरपालिकाद्वारा वडानं. १४ को हवल्दारपुरमा सञ्चालनमा रहेको क्वारेन्टाईनमा बस्दै आएका ६७ भारतीय नागरिकलाई शनिबार खिर खुवाईएको छ । कोहलपुर डेरी एशोशियसनले क्वारेन्टाईनमा बसेका उनीहरुलाई खिर खुवाएको हो ।

दुग्ध विकास संस्थान पिपिरीको सहयोग तथा कोहलपुर डेरी एशोशियसनको ब्यवस्थापनमा क्वारेन्टाईनमा बसेका उनीहरुलाई खिर खुवाईएको कोहलपुर डेरी एशोशियसनका महासचिव सन्तोष पौडेले जानकारी दिए ।


सो अवसरमा कोहलपुर नगरपालिकाका उपमेयर सञ्जु कुमारी चौधरी, दुग्ध विकास संस्थान पिपिरीका सञ्चालक समिति अध्यक्ष रेणुका खड्कालगायतको उपस्थितीमा क्वारेन्टाईनमा बस्दै आएका भारतीय, सुरक्षाकर्मीलगायतलाई खिर खुवाईएको महासचिव पौडेलले बताए ।

Next Post

सद्भाव ग्रुपद्वारा बाँकेका ४० पत्रकारलाई एन–९५ माक्स वितरण

३० चैत्र २०७६, आईतवार २२:५३
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड –१९ नोबल कोरना भाईरसको सक्रमणबाट जोगाउन आव्हान गरिएको लकडाउनका बेला पनि जोखिम मोलेर स्थलगत समाचार संकलनका लागि नेपालगञ्जमा सक्रिय ४० जना पत्रकारलाई सदभाव ग्रुप प्रालिले एन–९५ माक्स वितरण गरेको छ । ग्रुपका अध्यक्ष दामोदर भण्डारीले बाँकेका विभिन्न सञ्चार माध्यममा कार्यरत ४० जना पत्रकारका लागि संक्रमणबाट जोगाउन […]