सम्बर्धन परियोजनाद्वारा बँके–बर्दियाका १० सामुदायिक बन व्यवस्थापनका लागि उपकरण सहयोग

रुद्र सुवेदी १६ चैत्र २०८१, आईतवार १९:११
 

नेपालगञ्ज : बाँके र बर्दियाका सामुदायिक बनको व्यवस्थापनका लागि सम्बर्धन परियोजद्वारा वन व्यवस्थापन र संरक्षणका लागि आवश्यक सामग्रीहरु प्रदान गरिएको छ । परियोजनाको कार्य क्षेत्र भित्र रहेका १० वटा सामुदायिक वन उपभोक्ता समुहहरूलाई विभिन्न ६ प्रकारका उपकरण हस्तान्त्रण गरिएको हो ।

सम्बर्धन परियोजनाले ती समुहलाई पावर चेन स, प्रुनिङ्ग स, विल हुक, हेज सेयर, रेक (दाँते) तथा लङ रिचिङ चेन स गरि ६ प्रकारका उपकरण तथा औजारहरु प्रदान गरिएपछि आफुहरुलाई बन व्यवस्थापनमा ठूलो टेवा पुगेको झिझरी महिला सामुदायिक वन उपभोक्ता समिति राप्तीसोनारी वडा नंं. ९ बाँकेका अध्यक्ष हिराकुमारी ओलीले बताईन ।

समुहले प्राप्त गरेका सामग्रीहरूले सामुदायिक वन व्यवस्थापन र त्यसको संरक्षणमा टेवा पुग्ने कुरामा जोड दिदै उनले गर्मीको बेलामा सामुदायिक बनमा हनसक्ने आगजनीबाट जोगाउनको लागि आगो निभाउने यन्त्रको पनि आवश्यकता रहेको बर्तान । उनले भनिन्–‘ गर्मीको बेलामा बनमा हुनसक्ने आगजनीका घटनालाई नियन्त्रणमा लिनको लागि आवश्यक उपकरण पनि आवश्यक रहेको छ । समुहले त्यस्ता उपकरण जोहो गर्न नसक्ने भएकोले सहयोगको अपेक्षा गरेका हौ ।’

यसभन्दा पहिला आफुहरुले स्थानीय स्तरमा पाइने आरा, बन्चरो हँसियालगायतले वन व्यवस्थापन गर्ने गरिएको बताउदै दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समितिका सहसचिव सुखराम थारुले बदलिँदो समय र परिस्थिति अनुरूपका आधुनिक उपकरण औजारहरू पाउँदा खुसी लागेको बताए ।

‘हाम्रो समुहमा सामुदायिक वनको व्यवस्थापनका लागि चाहिने वन व्यवस्थापन सामाग्री थिएन । हामीले वन कटानी छटानी गर्दा अरुको सामाग्री मागेर प्रयोग गर्ने गथ्र्यौं । तर, परियोजनाबाट प्राप्त भएका औजार र उपकरणहरू हुँदाखेरि आगामी दिनमा वनको संरक्षण वनको विकास र वनको व्यवस्थापनमा चाहिँ राम्रो गर्न सकिन्छ जस्तो लाग्छ’–उनले भने ।

उनले पहिलेको समयमा परम्परागत यन्त्र र औजारहरूबाट वन व्यवस्थापन र संरक्षण गर्ने गरिएको बताउँदै नयाँ सामग्रीका लागि सम्बर्धन परियोजना प्रति आभार व्यक्त गरे । आर्थिक आम्दानी कम भएका र विपन्न सामुदायिक वनहरूलाई उक्त सामग्रीहरू प्रदान गरिएको हो ।

बाँके शम्शेरगञ्ज रेञ्ज पोष्ठका बरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले परियोजनाद्वारा उपलब्ध गरिएका सामग्रीहरूले सामुदायिक वन व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । राज्य एक्लैले मात्रै नसक्ने भएका हुनाले सामाजिक संघसंस्थाहरूको पनि सहयोग आवश्यक रहेको बताउदै बरिष्ठ वन अधिकृत शर्माले हस्तान्तरण गरिएका सामग्रीहरूका अलावा पनि वन व्यवस्थापनका लागि अन्य थुप्रै सामग्रीहरू आवश्यक रहने बताए ।


परियोजनाले आफ्ना कर्यक्षेत्रभित्र रहेका १० वटा सामुदायिक वनहरुको सम्बर्धनका लागि सरसफाई, गोडमेल, पतल्याउने, हाँगा काटने कार्य, कटान पश्चातको फोहर हटाउने, पुनरुत्पादन संरक्षण, अग्नि नियन्त्रण रेखा निर्माण तथा मर्मत लगायतका अभ्यास गर्दै आईरहेको परियोजनाका नीति कार्यान्वयन अधिकृत जयन जोशीले बताए ।

वन र कृषि क्षेत्रलाई प्रविधिसंग जोडेर यसमा आबद्ध समुदाय तथा व्यक्तिलाई सम्बृद्ध बनाउन बाँके र बर्दियामा सम्बर्धन परियोजना सञ्चालनमा आएको छ ।

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपालको समन्वय र एनसाब नेपाल, बीग्रुप र फेकोफनको साझेदारीमा सञ्चालित ‘सम्वर्धन परियोजना’ बाँकेको कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकामा सञ्चालित छ ।

परियोजनाले नेपालको पश्चिमी भू–भागमा रहेका विपन्न, संकटासन्न तथा पछाडि परेका समूहहरूको सामाजिक र आर्थिक सशक्तिकरणमा बाधा पु¥याउने विभिन्न मूल कारणहरूलाई सम्बोधन गर्ने उद्देश्य राख्दै परियोजनाले सामुदायिक स्तरका नागरिक समाज संगठनहरूसँग घनिष्ठ रूपमा काम गरी उनीहरूको दिगो रूपमा सञ्चालन गर्ने क्षमता वृद्धि गर्न तथा दीर्घकालीन प्रभाव सिर्जना गर्नका लागि दक्ष र प्रभावकारी बन्न सहयोग पु¥याउने लक्ष लिएको छ ।

परियोजनाले बाँके बर्दियाका २५–२५ गरी ५० सामुदायिक बन उपभोक्ता समुह र बाँकेका १० बर्दियाका १० गरी २० वटा कृषक समुहलाई प्रविधिसंग जोडेरे उनीहरुको बृत्ति विकासको लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।

बाँके र बर्दियाका बन उपभोक्ता समुह तथा किसान समुहलाई लक्षित गरी उनीहरुको जीवन स्तर उकास्ने उद्देश्यले सञ्चालन गरिएको सम्बर्धन परियोजना सन २०२३ सेप्टेम्बरदेखि सन २०२७ अगस्थसम्म सञ्चालन हुने बताईएको छ । परियोजनामा आबद्ध भएका बनसमुह र किसान समुहले परियोजनाबाट विभिन्न कुरामा लाभ लिन सफल भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगार मेलामा हजार बढी आवेदन, ९३ जनालाई रोजगारी

१६ चैत्र २०८१, आईतवार १९:११
नेपालगन्ज l नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जिल्लाका सातवटा स्थानीय तहसँगको समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको […]

ताजा अपडेट