चीनमा १ सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

एजेन्सी ७ चैत्र २०७८, सोमबार १५:०२
 


एजेन्सी : चीनमा एक सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।


दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइयो

७ चैत्र २०७८, सोमबार १५:०२
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसमा पार्टी कार्यालयमा विचार गोष्ठी गरेर कोइरालालाई सम्झिएको छ । जिल्ला सभापति नारायण प्रसाद गौडेलको सभापतित्व एवम् राष्ट्रियसभा सदस्य युवराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित विचारगोष्ठीमा बोल्ने बक्ताहरुले कोइराला नेपाली राजनीतिका शिखर पुरुष भएको चर्चा […]