बाघ गणनाका लागि जडान गरिएका क्यामेरा चोरी

सदरलाइन संवाददाता २६ माघ २०७८, बुधबार १३:५७
 

नेपालगञ्ज : बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्नका लागि राखिएका ३३ क्यामेराहरु चोरी भएका छन् । त्यसमध्य ६ वटा क्यामेरा हात्तीले तोडफोड गरेका छन् ।

यतिखेर बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ चलिरहेको छ । त्यसका लागि बाँके र बर्दिया कम्प्लेक्समा चार वटा ब्लकमा बिभाजन गरी गणना भइरहेको छ ।

बर्दिया निकुञ्ज क्षेत्रलाई एक र दुई नम्बर ब्लकमा राखिएको छ भने तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भागलाई राखेर गणना भइरहेको छ ।

चार नम्बर ब्लक बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र हो । एक र दुई नम्बर ब्लकमा बाघ गणनाको काम सकिएको छ । अहिले तीन नम्बर ब्लकमामा गणनाको काम जारी छ ।


राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा. रविन कडरियाले एक नम्बर ब्लकमा नौ वटा, दुई र तीन नम्बर ब्लकमा चारचार वटा क्यामेरा चोरी भएको बताए । ६ वटा क्यामेरामा हात्तीले तोडफोड गरेको छ ।

तीन नम्बरको गणना सकिएपछि चार नम्बर ब्लकमा गणनाको काम अगाडि बढ्ने कडरियाले बताए ।

झन्डै एउटा क्यामेराको मूल्य ४० हजार पर्छ । घाँचोरी शिकारी र मेलापात गएका स्थानीयले ती क्यामेरा चोरी गरेको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हत्याको आरोपमा एक महिला पक्राउ

२६ माघ २०७८, बुधबार १३:५७
बैतडी : बैतडी हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चन्द्राका माइती […]