सदरलाइनडटकम,
नेपालगञ्ज : मिनिट्रकले ठक्कर दिँदा बाँकेमा २ जनाको मृत्यु भएको छ । नेपालगञ्जको ग्यालेसी दरवार होटल नजिक बुधवार दिउँसो करीब पौने दुई बजे साइकलमा सवार दुई जनालाई भे १ ख २८४७ नम्बरको मिनिट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट दलबहादुर रावलको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज १५ बस्ते ३८ वर्षीय रावलको घटनास्थलमै मृत्यु भएको हो ।
