गाउँपालिकालाई नभएको अधिकार प्रयोग गरी स्वास्थ्यकर्मीको सरुवा

२१ माघ २०७४, आईतवार १७:४८
 

सदरलाइनडटकम
२१ माघ, नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउपालिकाले आफुलाई प्रत्यायोजित नै नभएको अधिकार प्रयोग गरी राष्ट्रिय सभाको निर्वाचनको आचार संहिता कायमै भएको बेलामा कर्मचारी सरुवा गरिएको छ ।
गाउपालिकाले राप्तीपारीको विनौना हेल्थपोष्टमा कार्यरत अहेव लोकेन्द्रबहादुर चन्दलाई महादेवपुरीमा सरुवा गरेको जानकारी प्राप्त भएको छ । स्थानीय तहले कर्मचारी व्यवस्थापनको निर्देशिका नबन्दासम्म कर्मचारीलाई कुनै पनि सरुवा नगर्ने परिपत्र गरेको बेलामा निर्वाचन आचार संहिता लागेकै बेलामा सरुवा गरिएको हो ।
विनौनामा कार्यरत रहेका अहेव लामो समेयदेखि महादेवपुरी हेल्थ पोस्टमै काजमा कार्यरत रहेका थिए । स्वास्थ्य सेवा ऐन अनुसार कुनै पनि कर्मचारीलाई एक महिना भन्दा बढी काजमा राख्न नपाईने नियम भएपनि उनी विगत ३ महिनादेखि काजमा बस्दै आएका थिए ।
स्वास्थ्य सेवा निर्देशिका तथा ऐन अनुसार सरुवा भएर गएको ठाँउमा कम्तीमा पनि १ वर्ष बिताउनु पर्नेमा सो पनि नभई गाउपालिकाले संबन्धित स्वास्थ्य संस्थाको स्वीकृति बिना सरुवा गर्न नपाईने भएपनि स्थानीय तहलाई सुरुवाको अधिकारै नभएको अधिकार प्रयोग गरी सरुवा गरिएकोले त्यो स्वतह अमान्य हुने बताईएको छ ।
स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा देशभरीबाट २ जना स्वास्थ्यकर्मीको सरुवा स्थानीय तहले गरिदिएको रिर्पोटिङ्ग भएको भएपनि सरुवाको अधिकार नै नभएकोले सो स्वतह निश्कृय हुने नियममा उल्लेख छ ।
यसैबीच राप्ती सोनारी गाउपालिकाका प्रमुख कार्यकारी आधिकृत भरत मल्लले गाउपालिकाले आफ्नो मातहातमा भएका सबै कर्मचारीको व्यवस्थापन, सरुवा र नियुक्तिको अधिकार भएको उल्लेख गर्दै चन्दको गाउपालिकाको एउटा स्वास्थ्य केन्द्रबाट अर्को स्वस्थ्य केन्द्रमा खटाउने तयारी गरिएको प्रतिकृया दिए ।
उनले भने–‘गाउपालिका आफैमा स्थानीय सकरकार भएकोले आफ्नो मातहातमा रहेका सबै कर्मचारी सरुवा गर्न सक्ने भएकोले आन्तरिक सरुवा गरिन लागीएको हो । यसको लागि गाउपालिकाको बोर्डले निर्णय गरेपछि मात्रै सरुवा हुने हो ।’

Next Post

ढलको पानीले डुवानमा नेपालगन्जको कसगरटोल रमिते जनप्रतिनिधि

२१ माघ २०७४, आईतवार १७:४८
सदरलाइनडटकम २१ माघ, नेपालगन्ज : ढल निकास र बाटो मर्मतको लागि पटक–पटक भन्दा पनि सनुवाई नभएपछि नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ कसगरटोलका स्थानीयबासी आफैले बनाएका छन् । सो टोलमा ढल निकासको व्यवस्था नहुँदा ढलको पानी स्थानीयको घरमा पस्दासमेत जन प्रतिनिधिले चासो नदिएपछि आजित भएर आफ्नो घर जाने बाटो आफै बनाएका […]