हवाई यातायातको सुरक्षामा सरकार गम्भीर छ : मन्त्री किराती

सदरलाइन संवाददाता १७ फाल्गुन २०७९, बुधबार १६:१५
 

नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले हवाई यातायातको सुरक्षाको सवाल मानव जीवनसँगै पर्यटनको विकाससँग पनि जोडिएकोले सरकार सो विषयमा गम्भीर रहेको बताए ।

हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाई गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको उनले बताए ।

देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटनको विकास अपरिहार्य भएको जनाउँदै मन्त्री किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना र कार्यक्रम तयार पारिरहेको बताए ।


हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्तीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । मन्त्री किरातीले सोही क्रममा नेपालगञ्ज विमानस्थलमा तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माण सुरु गरेको बताए ।

मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताए । नेपाल वायु सेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने उनको भनाइ छ ।

मन्त्री किरातीले पत्रकारका जिज्ञासाको जवाफ सम्बन्धित विभागका प्रमुखलाई दिन लगाएका थिए । सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए ।

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे, नागरिक उड्यन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनाललगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचविखनबिरुद्ध रोकथाम नै समाधान कार्यक्रमको समीक्षा

१७ फाल्गुन २०७९, बुधबार १६:१५
नेपालगञ्ज :  प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लवद्वारा मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मूल नाराका साथ बाँकेका चार स्थानीय तहमा सञ्चालनमा रहेको प्रोटेक्ट परियोजना भित्रको स्टिक एण्ड स्टोन सेसनले पारेको प्रभावका बारेमा सरोकारवाला निकायबीच समिक्षात्मक कार्यशाला सम्पन्न गरिएको छ । बाँकेको दुई गाउपालिका खजुरा […]