मधेसी, मुस्लिम र महिलाको समर्थन बटुल्दै प्रजातान्त्रिक समुह

४ भाद्र २०७३, शनिबार ०४:२३
 

सदरलाइनडटकम  unnamed
४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा गोपालप्रसाद अधिकारी नेतृत्वको प्रजातान्त्रिक समुहले आफ्नो पक्षमा मधेसी मुस्लिम र महिलाको समर्थन बटुल्दै चुनावी अभियानलाई तिव्र पारेका छन् । अधिकारीको नेतृत्वमा पुगेका उम्मेदवारको टोली समक्ष नेपालगन्जका अग्रज मुस्लिम र मधेसी अगुवाले प्रजातान्त्रिक समुहको जितले मात्र नेपालगन्ज उद्योग वाणिज्य संघको गरिमा जोगिने बताउँदै सम्पुर्ण मुस्लिम र मधेसी मतदातालाई गोपाल अधिकारीको समुहलाई जिताउन आग्रह गरे ।
सो क्रममा मुस्लिम समुदायका अगुवा हाजी मोहित अन्सारीले प्रजातान्त्रिक समुहलाई विजयी गराएपछि मात्र उद्योग वाणिज्य संघमा साना ठूला सबै व्यापारीको हित हुने बताएका थिए । प्रजातान्त्रिक टोलीले बिहीबार र शुक्रबार नेपालगन्जको सदरलाईन तथा बाँकेको चिसापानी र खासकुश्मा गाविसका मतदातालाई भेटेर मत मागेको अध्यक्ष पदका उम्मेदवार अधिकारीले बताए ।
आफुहरुको अभियानलाई मधेसी, मुस्लिम, महिला लगायत चारैतिरबाट सहयोग र समर्थन जुट्ने क्रम जारी रहेकाले आफुहरुमा आत्म विश्वास बढ्दै गएको उनको भनाई छ ।
केहीदिन यता प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको पक्षमा जनलहर सिर्जना गरेका महिला उद्यमी र महिला नेतृहरुले प्रचार प्रसार अभियानलाई व्यापक बनाएका छन् । महिला उद्यमीसँगै घरदैलोमा हिडेका महिला संघ, नेपाल सांस्कृतिक संघ लगायत संस्थामा आबद्व महिलाहरुको प्रत्येक मतदातालाई भेटेर प्रजातान्त्रिक उद्यागी व्यवसायी समुहमा रहेका उम्मेदवारको योग्यता, क्षमता र व्यक्तित्वका विषयमा बुझाउँदै विजयी गराउन आग्रह गरेका हुन् ।
यसैबीच नेपाली काँग्रेस बाँके जिल्ला कार्यसमिति बैठकले उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवारलाई अमुल्य मत दिएर विजयी गराउन सम्पुर्ण मतदातालाई आग्रह गरेको छ । जिल्ला कार्यसमिति पदाधिकारी सहित महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, क्षेत्रीय सभापति र नगर सभापति समेत सहभागी भएको सो बैठकले भदौ ११ गते हुने निर्वाचनमा प्रजातान्त्रिक उद्योगी, व्यवसायीको समूहलाई विजयी गराउने अभियानमा सक्रिय हुन नेता कार्यकर्तालाई निर्देशन दिएको सचिव कपिलदेव शर्माले जानकारी दिए । बैठक जिल्ला सभापति किरण कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाबेशी साझा समुह ग्रामिण भेगका मतदाताको मन जित्दै लाग्यो गाउतिर, सो समुहका महिलाहरु नेपालगन्जमा मत माग्दै

४ भाद्र २०७३, शनिबार ०४:२३
सदरलाइनडटकम ४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ प्रचारमा होमिएको कपिलप्रसाद अधिकारी नेतृत्वको समाबेशी तथा साझा समूहले शनिबार पनि आफ्नो अभियानलाई तीब्र पारेको छ । सो समूहको प्रचार सचिवालयका अनुसार शनिबार बाँकेका सुदूरपूर्व खासकुस्माका मतदाताको घरदैलोमा पुगेका छन् […]

सम्बन्धित