बाँकेमा उत्कृष्ठ काम गर्ने तीन प्रहरी पुरस्कृत

७ श्रावण २०७७, बुधबार १९:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले असार महिनामा उत्कृष्ठ कार्य गर्ने तीन जनालाई पुरस्कृत गरेको छ । यी मध्य एक जना अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन ।

बाँके प्रहरीका प्रहरी जवान रामसुमा चौधरीलाई उत्कृष्ठ कार्य गरेको भन्दै कदरपत्र सहित अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका हुन ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरेको भन्दै प्रहरी नायव निरिक्षक सुरेन्द्रकुमार पन्त, प्रहरी जवान पुर्णबहादुर महतरा अभिलेखमा जनिने गरि नगद पुरस्कारद्वारा पुरष्कृत गरिएको छ ।


उनीहरुलाई बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले पुरस्कार बितरण गरेका थिए । सो अवसरमा प्रहरी नायव उपरीक्षक सुवाश खड्का लगायतको उपस्थितिरहेको थियो । फोटो : बाँके प्रहरीको फेशबुकवालबाट

Next Post

प्रदेश पाँचबाट दाङ्गका बस्नेत भुमी समस्या आयोगका सदस्य

७ श्रावण २०७७, बुधबार १९:२४
सदरलाइनडटकम, बुटवल : पाँच नंम्बर प्रदेशबाट भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा दाङ्गका शोभाराम बस्नेतलाई मनोनयन गरिएको छ । प्रदेश ५ सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरीएको हो । संघिय सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको सदस्यमा सम्बन्धित प्रदेश सरकारले […]