तक्षशिला एकेडेमी कोहलपुरमा अभिभावक खेलकुद प्रतियोगिता

सदरलाइन संवाददाता २६ माघ २०८१, शनिबार १८:४२
 

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा निजी क्षेत्रबाट सञ्चालनमा रहेको तक्षशिला एकेडेमी कोहलपुरले बृहत् अभिभावक खेल सम्मेलन आयोजना गरेको छ ।

एकेडमीले आफ्ना बिद्यार्थीहरुका आमा बुवाहरुलाई खेलकुदका माध्यमबाट मनोरञ्जन एव स्वस्थ रहने प्रेरणा मिलोस साथै विद्यालय र अभिभावकबीच सामिप्यता कायम होस भन्ने अभिप्रायले अभिभावक खेलकुद आयोजना गरिएको विद्यालयका अध्यक्ष बिष्णुप्रसाद बेल्बासेले जानकारी दिए ।

अभिभावक खेलकुद सम्मेलनमा फुटसल, भलिबल, कुर्सी दौड , डोरितान, घैटोफोडलगायतका आधादर्जन खेल समाबेस गरिएको विद्यालयका प्रधानाध्यापक भिम बहादुर रोकायले जानकारी दिए ।


विद्यालयमा शैक्षिक सुधार एव भौतिक सुधार भएको पाइएकाले हामिहरुलाई थप हौसला मिलेको बताउदै विद्यालयका अभिभावक भिमनारायण तिमिल्सिनाले उत्कृष्ट पठनपाठनले आफ्नो रोजाइमा तक्षशिला एकेडेमी रहेको बताए ।

आफ्ना नानी बाबुको उज्जवल भबिस्यका लागि तक्षशिला एकेडेमीको प्रयास सम्मान गर्न लायक रहेको उपस्थितरहेका अभिभावकले भनाई रहेको थियो । सो खेलकुदमा बिजेता अभिभावकहरुलाई विद्याालयको वार्षिक उत्सव कार्यक्रमका अवसरमा पुरस्कार बितरण गरिने विद्यालयका संस्थापक तथा शैक्षिक सल्लाहकार खोपीराम ओलीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व प्रधानमन्त्री देउवा दाङमा, वर्तमान र पूर्व मुख्यमन्त्रीद्वारा स्वागत

२६ माघ २०८१, शनिबार १८:४२
दाङ :  थारु सुमुदायको अगुवा संस्था मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुगेका छन् । पूर्व प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वागत गरेको थिए । थारु सांस्कृतिक संग्रहालयमा […]