नेपालमा कोरोनाको ‘ग्राफ’ बढ्दै

एकैदिन थपिए चार हजार तीन सय चौंसठी संक्रमित

सदरलाइन संवाददाता २२ आश्विन २०७७, बिहीबार १७:०३
 

काठमाण्डौ : नेपालमा कोरोनाको ‘ग्राफ’ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा दुई हजार ६ सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७१ हजार तीन सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीवार कोरोना पुष्टि भएकाको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधवार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको थियो ।


हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ४ सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृतकको संख्या ५ सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

Next Post

बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्यामा बृद्धि

२२ आश्विन २०७७, बिहीबार १७:०३
नेपालगञ्ज : बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्यामा बृद्धि हुँदै गएको छ । जिल्लामा अहिले २४ जना सिकिस्त विरामीको उपचार भईरहेको छ । भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १२/१२ जना सिकिस्त विरामीको उपचार भईरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका […]