नेपालमा केही गर्छु भन्नेलाई अवसर नै अवसर छ : एमाले महासचिव पोखे्रल

सदरलाइन संवाददाता ११ माघ २०८१, शुक्रबार १८:४१
 

काठमाडौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा केही गर्छु भन्नेलाई अवसर नै अवसर भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा आयोजित संगठनमा प्रवेश गर्नेको स्वागत कार्यक्रम कार्यक्रमलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै पोखरेलले नेपालमा अवसर छैन भन्ने कुरा नै गलत भएको बताएका हुन ।

‘जहाँ विकास भइसकेको हुँदैन, त्यहाँ सम्भावना ज्यादा हुन्छ, जहाँ विकास सम्भावना छन्, त्यहाँ केही गर्न चाहनेका लागि अवसरहरू पनि छन्’, उनले भने ।

नेपालमा स्वास्थ्य क्षेत्रका उत्पादित ८० प्रतिशत जनशक्ति विदेश जानु विडम्बनाको कुरा भएको उनले बताए । देशमा जनशक्ति कम भइरहेको अवस्थामा पनि दक्ष जनशक्ति बिदेसिने क्रम चलिरहेकोले त्यसलाई रोक्नु पर्नेमा उनले जोड दिए ।


कार्यक्रममा बोल्दै महासचिव पोखरेलले स्वास्थ्य क्षेत्र प्रभाकारी हुँदा मात्र राष्ट्र समृद्ध बन्ने कुरामा जोड दिए । स्वास्थ्य क्षेत्र कमजोर भयो भने सामाजिक सूचकका दृष्टिले देशलाई समृद्ध र सुखी मुलुक भन्न नसकिने पोखरेलले प्रष्ट पारे ।

अहिले पनि नेपालीको ठुलो सङ्ख्या उपचारको लागि देश बाहिर जानु पर्ने बाध्यता रहेको उनले बताउदै । उच्च र उच्चमध्यम वर्गका मानिसहरू मात्र होइन सीमावर्ती क्षेत्रका विपन्न नागरिक पनि उपचारको लागि बाहिर जाने गरेको पोखरेलले सुनाए ।

तथापि नेपालमा आँखाको उपचारका लागि विदेशका मानिसहरू पनि आउने गरेका उनले बताए । चिकित्सा क्षेत्रमा सामथ्र्य वृद्धि गर्ने हो भने नेपालमा उपचारको लागि देश बाहिरका मानिसहरू पनि आउने पोखरेलले जोड दिए ।

नेपाललाई अध्ययन र स्वास्थ्य उपचारको हिसाबले समेत पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चौतारी बाँकेमा डाँगी

११ माघ २०८१, शुक्रबार १८:४१
नेपालगञ्ज : प्रेस चौतारी नेपाल, बाँकेको १०औं जिल्ला अधिवेशनबाट कमल डाँंगीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नव निर्वाचित अध्यक्ष ढाँगी बिगत दुई कार्यकाल जिल्ला सचिव थिए । शनिबार नेपालगञ्जमा सम्पन्न भएको सो अधिवेशनबाट उपाध्यक्षमा रामु वली, महिला उपाध्यक्षमा पवित्रा परियार, सचिवमा देवेन्द्र पौडेल, सहसचिवमा जियाउल मुस्ताफा कादरी र […]

सम्बन्धित

ताजा अपडेट