जमुनाहा नाकाबाट नेपालगञ्ज भित्रिए मुर्रा राँगा

सदरलाइन संवाददाता ७ मंसिर २०८०, बिहीबार १३:१०
 

नेपालगञ्ज : भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा नेपाल ल्याइएको छ । ती मुर्रा राँगा बुधबार साँझ नेपालगञ्जस्थित जमुनाहा नाकाबाट नेपाल ल्याइएको हो । भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन् ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जस अनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी अनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा नेपालगञ्ज नाका भएर नेपाल भित्रिएको हो ।


राँगा लिनका लागि पशुसेवा विभाग, पशु क्वारेन्टाइन र केन्द्रीय पशु प्रयोगशालाका अधिकारीहरु नेपालगञ्ज भन्सार कार्यालय आएका थिए । पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज आएको थियो ।

नेपाल भित्रिएका राँगाहरु ३ वटा नेपालगञ्ज, ५ वटा लाहान र ७ वटा पोखरामा रहेको ब्रिडिङ केन्द्रमा लगिनेछ । यसले नेपालको दूध उत्पादन क्षमता तथा भैंसीको नश्ल सुधारमा फड्को मार्ने अपेक्षा गरिएको छ ।

भारतीय सेन्ट्रल इन्ष्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नत मध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डिजिटलीकरणतर्फ अगाडि बढ्दै नेपालगञ्जको १२ नम्बर वडा

७ मंसिर २०८०, बिहीबार १३:१०
नेपालगञ्ज : डिजिटलीकरणतर्फ अगाडि बढिरहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा वडास्तरीय सचेतना कार्यक्रम गरिएको छ । सार्वजनिक सेवाहरुको डिजिटलाइजेसनको लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा नेपालगञ्ज एकीकृत मोबाइल एप सम्बन्धि वडास्तरीय पहुँच तथा सचेतना कार्यक्रम गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको उक्त […]