नेपालगञ्ज : प्रेस चौतारी नेपाल, बाँकेको १०औं जिल्ला अधिवेशनबाट कमल डाँंगीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नव निर्वाचित अध्यक्ष ढाँगी बिगत दुई कार्यकाल जिल्ला सचिव थिए ।
शनिबार नेपालगञ्जमा सम्पन्न भएको सो अधिवेशनबाट उपाध्यक्षमा रामु वली, महिला उपाध्यक्षमा पवित्रा परियार, सचिवमा देवेन्द्र पौडेल, सहसचिवमा जियाउल मुस्ताफा कादरी र कोषाध्यक्षमा दिपेश आचार्य चयन भएका छन ।


यसैगरी कार्य समितिका सदस्यहरुमा धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदिप राजवंशी, महमद अमिन हलवाई र टार्जन वली चयन भएका छन ।
सो एमाले केन्द्रीय सदस्य शान्ति ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा केन्द्रीय उपाध्यक्षद्वय गणेश पाण्डे, राजेश राई,बिश्वमणी सुवेदी, महासचिव हिरामान लामा, सचिव प्रदिप आचार्य, निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल, केन्द्रीय सदस्य टिका बस्नेतलगायतको सहभागिता रहेको थियो ।