जानकीको प्रशासनिक भवन ७ महिनादेखि अलपत्र

सदरलाइन संवाददाता १० भाद्र २०७९, शुक्रबार १४:१५
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा निर्माण हुँदै गरेको प्रशासनिक भवन ७ महिनादेखि अलपत्र परेको छ । निर्माण शुरु भएको १९ महिना बितिसक्दा पनि ५० प्रतिशत मात्र कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । ४ करोड २२ लाख ८४ हजार ७ सय १० रुपैँया ४२ पैसाको लागतमा गाँउपालिकाको भवन निमार्ण अगाडी बढेको हो ।

थेगिम, श्री कृष्ण, निशान जेभि कोहलपुर ११ र जानकी गाँउपालिका बीच आगामी फाल्गुन अन्त्यसम्म भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न हुने गरि गत कात्तिक २६ गते दुई पक्षीय सम्झौता भएको थियो । आगामी फाल्गुनमा सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य रहेपनि निर्माणको गति हेर्दा आगामी ६ महिनामा कार्य सम्पन्न हुनुमा शंका छ ।

सम्झौताको म्याद भित्र कार्य सम्पन्न नगरेमा ठेक्काको धरौटी जफत गरि ठेक्का रद्द र फर्म कालोसूचीमा राख्ने चेतावनी समेत गाँउपालिकाले दिएको छ ।


निर्माण कम्पनीले जवाफ स्वरुप नेपाल सरकारको आत्याधिक मूल्य बृद्धिको कारण निर्माण सामग्रीको अभाव, इन्धनको मूल्य विद्धि र नेपाल निर्माण व्यवसायी महासंघले ‘निर्माण बिदा’ को लागि विभिन्न निकायहरुमा पत्राचार गरेकोले निर्माण कार्य केही समय रोकिएको जनाएको थियो ।

निर्माण कम्पनीले गत साउन पहिलो हप्तादेखि निर्माण कार्य पूर्ण रुपमा सुचारु गर्ने र तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित ‘संशोधित कार्य तालिका’ गाँउपालिकालाई पेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालय भालुबाङमा

१० भाद्र २०७९, शुक्रबार १४:१५
नेपालगञ्ज : लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ । राप्ती गाउँपालिका वडा नं.१ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो । वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको सेवा सुरु गरिएको हो। राजधानी कार्यान्वयनको क्रममा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको जानकारी स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले दिए । […]