‘संयुक्त प्रयासले मात्र मानव बेचविखन बिरुद्ध काम गर्न सकिने’

सदरलाइन संवाददाता १२ पुष २०८१, शुक्रबार १८:५८
 

नेपालगञ्ज :  मानव बेचविखन रोकथाम र न्यूनिकरण जस्तो संवेदनशिल मुद्दामा अन्तरदेशिय सञ्जाल माफर्त सहकार्य गर्नुपर्ने नेपालगञ्जमा आयोजिक एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।

जिल्ला मानव बेचविखन रोकथाम संयन्त्र बाँकेको आयोजना तथा माईती नेपालको संयोजनमा आयाजित एकदिने मानव बेचविखन बिस्द्धको अन्तरदेशिय कार्यशालाका सहभागिले सो कुरा औल्याएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले मानव बेचखिनको जालोले समाजलाई नराम्रोसंग गाँझेको बताउदै समन्वय, सहकार्यबाट मात्र यसको रोकथाम र न्युनिकरण गर्न सकिने बताए । उनले समाजलाई सचेत बनाउन सकेपनि यो न्युनिरकण हुने कुरामा जोड दिए ।


कार्यक्रमका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले खुला बोर्डरका कारण मानव वेचविखनको मुद्दा अत्यन्तै पेचिलो हुँदै गएकोले दुबैदेशका नागरिक समाज, जिम्मेवार व्यक्ति सजग हुँदै निगरानीसंगै सचेतनाका कुराहरुलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

माइती नेपालका विश्वराम भट्टराई, मानव सेवा संस्था गोरखपुरका महेवुव शेष, दिल्ली प्रहरीका प्रहरी निरिक्षक केएल सिंहले मानव बेचविखनको अवस्थाका बारेमा प्रस्तुती गरेका थिए । ती प्रस्तुतीमा मानव बेचविखनको ट्रेण्ड फेरिएको, पहिला यौन तथा शाररिक बन्धक बनाई श्रम शोषण गर्ने उद्देश्य हुने भएपनि हाल भने मसाज सेन्टर, आर्केस्ट्रा, स्कृन ग्राफ्टीङ्ग, अंगप्रत्यारोपणलगायतका कार्यका लागि बेचविखन हुने गरेको बताईएको थियो ।

माईती नेपालको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी करिव ४० हजार ३ सय कुनै न कुनै बाहानामा बेचविखनको चपेटामा पर्ने र यी मध्ये २६ हजार ५ सयको मात्र उद्दार हुने गरेको पाईएको छ । माईती नेपालका केशव कोईरालालले सहजिकरण गरको कार्यक्रममा नेपाल र भारतका मानव बेचविखनबिरुद्ध क्रियाशिल संस्था, राज्यका निकायहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकप्रिय पप गायक संजय श्रेष्ठ नेपालगञ्ज आउँदै

१२ पुष २०८१, शुक्रबार १८:५८
नेपालगञ्ज :  अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा लोकप्रिय पप गायक संजय श्रेष्ठ नेपालगञ्ज आउने भएका छन् । होटल स्टारलाईट नेपालगञ्जद्वारा अंग्रेजी नयाँबर्ष २०२५ को पूर्वसन्ध्यामा आयोजन गर्न लागेको बिशेष सांगितिक कार्यव्रmममा गायक श्रेष्ठ आउन लागेका हुन् । ३५ बर्ष उमेर माथिका ग्राहकलाई लच्छित गरि नेपाली पप र रक संगीतको प्रस्तुतिले १९९० […]