नेपालगञ्जमा मनाईयो २०९ औं भानु जयन्ती

सदरलाइन संवाददाता २९ असार २०७९, बुधबार १५:१८
 

नेपालगञ्ज : नेपालगञ्ज न्यूरोड स्थिति भानुभक्त चोकमा २०९ औं भानु जयन्ती समारोह सभ्य र भब्य तवरले मनाईएको छ ।

भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति एवं भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज बाँकेको संयुक्त आयोजनामा भब्य र सभ्य रुपमा २०९ औं भानु जयन्ती समारोह बुधबार मनाईएको हो ।

नवनिर्मित भानुभक्ताको प्रतिमालाई प्रमुख अतिथिमार्फत माल्यर्पण गरेर मनाईएको २०९ औं भानु जयन्ती समारोहमा भानुभक्त आचार्यको जीवनबारे साहित्यकार हरि तिमिल्सिनाले प्रकाश पारेका थिए ।


कार्यक्रममा भानुभक्तचोक संरक्षण तथा व्यवस्थापन समितिका कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ साहित्यकार तथा लेखक सनत रेग्मी, साहित्यकार किरण कोइराला, खगेन्द्र गिरी “कोपिला” समाजसेवी मधु सुदन शर्मा, नरेन्द्र पिटरलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भानु चोक निर्माणमा सहयोग पुर्याए वापत विभिन्न सामाजिक अभियान्ताहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिलाको अभिरुचि बढाउन नेपालगञ्जमा खेल प्रशिक्षण

२९ असार २०७९, बुधबार १५:१८
नेपालगञ्ज : खेलकुदमा महिलाको अभिरुचि बढाउन नेपालगञ्जमा किशोरीलाई खेल प्रशिक्षण शुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु गरिएको खेल प्रशिक्षणमा सहभागीलाई कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स, फुटबललगायत खेलको प्राविधिक र सैद्धान्तिक ज्ञानको बारेमा जानकारी गराउने बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजङ्ग […]